तनहुँमा ७३ प्रतिशत रोपाइँ

Byखवरबाटिका

७ श्रावण २०८०, आईतवार ०६:०१ ७ श्रावण २०८०, आईतवार ०६:०१ ७ श्रावण २०८०, आईतवार ०६:०१

तनहुँ । तनहुँमा यसवर्ष ७३ प्रतिशत रोपाई सम्पन्न भएको छ । धान बाली उत्पादनको दृष्टिकोणले महत्त्वपूर्ण जिल्ला मानिने तनहुँमामल, बीउलगायत कृषि सामग्रीका साथै सिँचाइ सुविधाको अभावले आकाशे पानीको भर पर्नुपर्ने बाध्यता रहेको छ ।

तनहुँमा असार अन्तिमसम्म ७३ प्रतिशत रोपाइँ सकिएको कृषि ज्ञानकेन्द्र तनहुँका सूचना अधिकरी किरण परियारले बताए।

‘समयमै वर्षा नहुँदा यसपटक केही ढिला रोपाइँ सुरु भयो, जिल्लाभर अहिलेसम्म ७३ प्रतिशत रोपाइँ सकिएको छ’, उनले भने, ‘अहिलेवर्षा भइरहेकाले केही दिनमै रोपाइँ सकिन्छ।”

तनहुँमा चुँदीफाँट, सत्रसय फाँट, कलेस्तीफाँट, पुर्कोट, गजरकोटको अत्रौली, आँबुखैरेनी, साँगे फाट लगाएत धानका प्रमुख पकेट क्षेत्रहुन् । केन्द्रका अनुसार जिल्लामा ११ हजार ५ सय हेक्टर जग्गामा धान खेती गरिँदै आएको छ । त्यसमध्ये दुई हजार ५०० हेक्टरक्षेत्रफलमा चैतेधानको रोपाइँ हुने गरेको छ ।

यहाँका किसानले राधा, सावित्री रामधान, सुगन्ध मसिनो, अनदी, सुनौलो सुगन्ध, मकवानपुर लगायतका धान लगाउँदै आएका छन् ।

तथ्यांकअनुसार तनहुँमा धान खेतीको क्षेत्रफल बर्सेनि घट्दै गएको देखिन्छ। ‘प्लटिङ’, तीव्र बजारीकरण, ठूल्ठूला भौतिक निर्माणआदिका कारण खेतीयोग्य जग्गा खुम्चिँदै गएको हो।

जग्गा बाँझिने क्रम पनि बढ्दै गएको छ। धान कम फल्नुमा क्षेत्रफल घट्नु मुख्य कारण भए पनि अन्य कुराले पनि उत्पादनमा प्रभाव पार्नेगरेको छ। बेलैमा मल, बिउ नपाउँदा पनि धान खेतीमा असर पर्ने गरेको किसान बताउँछन्।

धानमा फूल खेल्ने समयमा बर्सात हुँदा पनि उत्पादनमा क्षति पुग्ने गरेको छ । रोग किरा नियन्त्रण, उन्नत बिउ, मल व्यवस्थापनमाकिसानले सधैँ समस्या व्यहोर्दै आएका छन् ।

जिल्लामा कृषि सामाग्री संस्थानले युरिया मल २० मेट्रिक टन र बिएटि मल ६८ मेट्रिक टन आएको उनले जानकारी दिए । सो आएकोमध्य जिल्लाका १० वटा पालिकामा खेति योग्य भुमीका आधारमा पठाइएको उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed

     
Holler Box