आबुँखैरेनी गाउँपालिकाले कक्षा ६ का विद्यार्थीको दिवा खाजा आफै व्यवस्थापन गर्ने

Byखवरबाटिका

७ श्रावण २०८०, आईतवार १८:२० ७ श्रावण २०८०, आईतवार १८:२० ७ श्रावण २०८०, आईतवार १८:२०

आँबुखैरेनी । तनहुँको आबुखैरेनी गाउँपालिकाले कक्षा ६ का छात्रछात्राको दिवा खाजाको व्यवस्थापन आफैले गर्ने भएको छ ।

नेपाल सरकारले कक्षा ६ सम्मका विद्यार्थीहरुलाइ प्रदान गर्दै आइरहेको दिवा खाजा यहि शैक्षिक सत्र २०८० देखि कक्षा ६ लाइ कटौटी गरि कक्षा ५ सम्मलाइ मात्र उपलब्ध गराउने निर्णय गरेको छ । तर आबुँखैरेनी गाउँपालिकाले आन्तरिक श्रोतबाट खर्च व्यवस्थापन गरि कक्षा ६ सम्म दिवा खाजाको व्यवस्था गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।

सरकारको निर्णयले कक्षा ६ मा अध्ययन गर्ने विद्यार्थीहरु मारमा परेको हुँदा गाउँपालिकाले आन्तरिक श्रोतबाट खर्च गर्ने गरि दिवा खाजाको व्यवस्थापन गर्ने निर्णय भएको अध्यक्ष चुमानले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *