सेभेन स्टार युवा क्लब डुम्रेले जित्यो भानु कपको उपाधि

Byखवरबाटिका

७ श्रावण २०८०, आईतवार २२:५६ ७ श्रावण २०८०, आईतवार २२:५६ ७ श्रावण २०८०, आईतवार २२:५६

डुम्रे । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको २१०औँ जन्मजयन्तीको अवसरमा भन्सार युवा परिवारद्वारा आयोजित राष्ट्रिय खुल्ला भानुकप फुटबल प्रतियोगिताको उपाधि सेभेन स्टार युवा क्लब साजबोटे डुम्रेले जितेको छ ।

५ हजार भन्दा बढी दर्शकले खचाखच भरिएकको भानु रंगशालामा आइतबारको फाइनलमा सेभेन स्टार युवा क्लव भानु १ साजबोटेले फ्रेण्डसिप युवा क्लब भानु ३ खहरेलाई ट्राइब्रेकरमा ४–३ गोलले पराजित गर्दै उपाधि उचालेको हो ।

निर्धारित समयमा दुवै टिमबाट कुनै पनि गोल हुन नसकेपछि ट्राइब्रेकरको माध्यमबाट खेलको निर्णय लिइएको थियो । दुवै टिमले निर्धारित समयमा थुप्रै सुनौलो अवसरहरुलाई खेर फाल्दा खेल ट्राइब्रेकर सम्म पुगेको थियो।

प्रतियोगितामा बिजेता र उपबिजेता टिम सेभेन स्टार र फ्रेण्डसिप युवा क्लबलाई क्रमशः २ लाख २५ हजार २ सय १०, १ लाख १२ हजार २ सय १० नगदका साथै मेडल, ट्रफी र प्रमाणपत्र पूर्व मन्त्री एवं प्रतिनिधि सभा सदस्य शंकर भण्डारी, भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी र उप-प्रमुख उमा गोतामेले संयुक्त रुपमा वितरण गरेका थिए ।

सो प्रतियोगितामा फ्रेण्डसिप युवा क्लबका जितेस गुरुङ उत्कृष्ट खेलाडी, सेभेन स्टारका रमेश श्रेष्ठ उत्कृष्ट गोल किप्पर, फ्रेण्डसिप युवा क्लबका विक्की चाम्लिङ राइ (५ गोल) सर्वाधिक गोलकर्ता र म्याग्दे युवा क्लब अनुशासित टिम घोषित भइ आकर्षक पुरस्कार हात पारेको मुल संयोजक सुरेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

भानुकप फुटबल प्रतियोगितामा देशभरका ३२ वटा टिमको सहभागिता रहेको थियो ।

भानुभक्तको जन्मस्थल चुदी रम्घालाई देश विदेशमा चिनाउने र खेलकुद पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले उक्त फुटबल प्रतियोगिताको आयोजना गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *