तनहुँको बेनीटारबाट अवैध लागूऔषध गाँजासहित चितवनका गुरुङ पक्राउ

Byखवरबाटिका

११ भाद्र २०८०, सोमबार १९:४० ११ भाद्र २०८०, सोमबार १९:४० ११ भाद्र २०८०, सोमबार १९:४०

आँबुखैरेनी । अवैध लागूऔषध गाँजा सहित तनहुँमा सोमबार बिहान एक युवक पक्राउ परेका छन् । चितवनको ईच्छाकामना गाउँपालिका-६ चन्डी भञ्ज्याङका ३० वर्षीय तिलक गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।

तनहुँको आँबुखैरेनी गाउँपालिका -४ बेनीटार स्थित पृथ्बी राजमार्ग सडक खण्डमा मुग्लिन तर्फबाट आँबुखैरेनी तर्फ आउदै गरेको ग २ ख ९७१ नं को बस चेकजाँच गर्ने क्रममा बसमा सवार उनलाई प्रहरीले पक्राउ गरेको हो ।

गुरुङले झोला भित्र लुकाएर ल्याएको १ केजी अबैध लागु औषध गाँजा फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ । पक्राउ परेका उनलाई आजै जिल्ला अदालतबाट १० दिनको म्याद थप अनुमती लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *