मोटरसाईकल दुर्घटना हुँदा भिमादकी रानाको मृत्यु

Byखवरबाटिका

२१ भाद्र २०८०, बिहीबार २०:१९ २१ भाद्र २०८०, बिहीबार २०:१९ २१ भाद्र २०८०, बिहीबार २०:१९

दमौली । मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तनहुँको भिमाद नगरपालिका वडा नं.४ नरीकोट बस्ने ३३ वर्षिया कमला राना रहेको प्रहरीले जनाएको छ ।

बिहिबार तनहुँको म्याग्दे गाउँपालिका वडा नं.५ थाङदी स्थित खैरेनिटारबाट भिमाद तर्फ जादै गरेको ग १६ प ५९६८ नं.को मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो ।

दुर्घटनामा सोही मोटरसाइकमा पछाडी सवार राना गम्भिर घाईते हुँदा तत्काल उद्दार गरी उपचारको लागि जि.पि.कोईराला श्वास प्रश्वास केन्द्र बेलचौतारा पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिए ।

मोटरसाइकल चालक तनहुँ भिमाद नगरपालिका वडा नं.४ नरीकोट बस्ने २७ वर्षिय योगेश थापा र उक्त नं.को मोटर साईकल प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

उक्त घटना सम्बन्धमा थप अनुसन्धान भई रहेको रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed

     
Holler Box