काठमाडौं । नेपाल क्रिकेट सङ्घको केन्द्रीय सचिवमा पारस खड्का विजयी भएका छन् । प्रतिस्पर्धी प्रशान्त विक्रम मल्ललाई पछि पार्दै पारस सचिव निर्वाचित भएका हुन् ।
कुल खसेकाे ८५ मतमध्ये पारसले ४८ मत ल्याए प्रशान्तको ३७ मतमा राेकिए । पारस अध्यक्ष चतुरबहादुर चन्दकाे प्यानलबाट उठेका थिए । उनी यसअघि बाग्मती क्रिकेट संघकाे अध्यक्ष निर्वाचित भएका थिए ।
क्यानका अरु पदाधिकारीहरु अध्यक्षमा चतुरबहादुर चन्द, उपाध्यक्षमा रोशनकुमार सिंह र कोषाध्यक्षमा पदमबहादुर खड्का निर्विरोध निर्वाचित भइसकेका छन् ।
सदस्यहरुमा पनि महिला सदस्यमा जयन्तीदेवी भट्ट, कर्णालीबाट प्रतिनिधित्व गर्ने सदस्यमा श्रीधर केसी र लुम्बिनीबाट प्रदिप मजगैया निर्विरोध चयन भएका छन् ।
अरु पाँच प्रदेशबाट प्रतिनिधित्व गर्ने एक एक जना सदस्य र खुला ५ जना सदस्यका लागि पनि चुनाव भएको छ ।