दमौली । नेपालीहरुको महान पर्व बडादशैँ नजिकिदै गर्दा तनहुँमा पनि नक्कली पैसा फेला पर्न थालेको छ । तनहुँको डुम्रे र दमौली बजारमा मंगलबार दुई जना नक्कली एक हजारको नोटसहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बर्दघाट सुस्ता पुर्व बुलिङ्टार गाउँपालिका वडा नं १ थामबेशी ठिमुरेटोल स्थायी घर भएका २० वर्षीय विनोद रामदाम भनि चिनिने विशाल वि.क. र सोही स्थान बस्ने ३० वर्षीय गम बहादुर गरन्जा मगर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीले जानकारी दिए ।

बुधबार प्रहरीले पत्रकार सम्मेलन मार्फत पक्राउ परेका दुई जनालाई सार्वजनिक गरेको थियो । साथै उनले चाडपर्वको बेला अपराधिक गतिविधि बढ्ने भएकाले सजग रहन समेत अनुरोध गरेका छन् ।

प्रहरीले मंगलबार दिउसो १ बजेको समयमा तनहुँको व्यास नगरपालिका वडा नं १ गल्बुवेशी स्थितमा एक जना व्यक्तीले नक्कली रुपैयाको कारोबार गरिरहेको छ भन्ने सुचनाको आधारमा विनोद रामदाम भनि चिनिने बिशाल बि.क.लाई नियन्त्रणमा लिई उनको शरिर तलासी लिदा विकको साथबाट नक्कली जस्तो देखिने नेपाली रु १ हजार रुपैयाको एक थान फेला परेको थियो ।

उक्त रकम बरामद गरी प्रारम्भिक सोधपुछ गर्दा मगरको समेत संलग्नता रहेको भन्ने खुलेकाले खोजतलासको क्रममा उनलाई जिल्लाको बन्दिपुर गाउँपालिका वडा नं १ डुम्रेबजार स्थितमा फेला पारी उनको साथबाट नक्कली जस्तो देखिने नेपाली रु एक हजार रुपैयाको १७५ थान फेला परेको थियो ।

उनीहरु दुई जनाको साथबाट कुल १७६ थान नोट लगायतका अन्य चिजबस्तुहरु फेला परेको हुँदा बरामद गरी संलग्न दुबै जनालाई बुधबार तनहुँ जिल्ला अदालतबाट मुद्रा सम्बन्धी कसुरमा ५ दिनको म्याद थप गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed

     
Holler Box