भानुमा बजार अनुगमन: म्याद सकिएको अखाद्य वस्तु भेटियो, नगरपालिकामा व्यवसाय दर्ता गर्नेको संख्या कम

Byखवरबाटिका

२४ आश्विन २०८०, बुधबार २०:०२ २४ आश्विन २०८०, बुधबार २०:०२ २४ आश्विन २०८०, बुधबार २०:०२

भानु । तनहुँको भानु नगरपालिकाले बजार क्षेत्रमा बुधबार अनुगमन गरेको छ । नगरपालिकाले वडा नं १ को डुम्रे–साजबोटे क्षेत्रमा चाडपर्व लक्षित अनुगमन गरेको हो ।

नेपालीहरुको महान चाड दशैं, तिहार लगाएतका चाडपर्वमा बजारमा हुन सक्ने कालोबजारी, अखाद्य बस्तुको बिक्री वितरण, मापदण्ड विपरित दर्ता बिनाका व्यवसाय, सरसफाईको अवस्था लगाएतका विषयमा अनुगमन गरिएको भानु नगरपालिकाका उप–प्रमुख एवं अनुगमन समितिकी संयोजक उमा गोतामेले जानकारी दिईन ।

चाडपर्वको मौका छोपी हुन सक्ने कालोबजारीलाई नियन्त्रण गर्ने कार्य अन्तरगत बजार क्षेत्रहरुमा अनुगमन गरिएको प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलले बताए। भानु नगरपालिका अन्तरगतका मुख्य बजारहरु भन्सार, तुरतुरे, बाईसजंगार, चन्द्रावती लगाएतका बजार क्षेत्रमा अनुगमन गरिने उनले बताए ।

अनुगमनका क्रममा किराना पसल, होटल, खाजाघर, माछामासु पसल लगाएतको पसलहरुको अनुगमन गरिएको थियो । म्याद सकिएको अखाद्यबस्तु , ब्यवशाय दर्ता नगरि संचालन गरेको, मूल्यसुची टाँस नगरिएको, सरसफाईको कमि लगाएतको कैफियत देखिएको नगरपालिकाका वरिष्ठ अधिकृत सुनिल पाण्डेले बताए ।

साथै उनले ब्यवशाय दर्ता नगर्नेका लागि तत्काल ब्यवशाय दर्ता गरी संचालन गर्न, मूल्यसुची उपभोक्ताले देखिने गरी राख्न, सरसफाईमा ध्यान दिन निर्देशन दिइएको बताए । भेटिएका अखाद्य बस्तुलाई जफत गरी नियन्त्रणमा लिई डिस्पोज गर्ने तयारी भैरहेको भन्दै त्यस्ता ब्यापारीलाई कारबाही गरिने जानकारी दिए ।

अनुगमनमा उप–प्रमुख एवं अनुगमन समितिकी संयोजक उमा गोतामे, वडा नं. १ की वडा अध्यक्ष कान्छीमाया तामाङ, बरिष्ठ अधिकृत सुनिल पाण्डे, ईलाका प्रहरी कार्यालय भानुका प्रमुख प्रहरी निरीक्षक शुसिल घिमिरे, नगरपालिकाको विभिन्न शाखाका कर्मचारीहरु, नगर प्रहरी प्रमुख फुर्का तामाङ, स्थानीय अनुज पण्डित, संचारकर्मी लगाएतको सहभागिता रहेको नगरपालिकाले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *