कन्टारमा ५ लाखमा तोरी मिल सञ्चालन

Byखवरबाटिका

२४ आश्विन २०८०, बुधबार २०:१५ २४ आश्विन २०८०, बुधबार २०:१५ २४ आश्विन २०८०, बुधबार २०:१५

दमौली । तनहुँको व्यास नगरपालिका वडा नं ५ को कन्टारमा तोरी मिलको शुभारम्भ गरिएको छ । दभुङ चण्डीदेवी बहुउद्येश्यीय सहकारी संस्था व्यास–५ द्धारा संचालित तोरी मिलको शुभारम्भ वडा नं ५ को वडाध्यक्ष विष्णुकुमार श्रेष्ठ हिमालको प्रमुख आतिथ्यतामा गरिएको हो ।

श्री दभुङ चण्डीदेवी बहुउद्येश्यीय सहकारी संस्थाको अध्यक्ष मोहन कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथी श्रेष्ठले सहकारीको आयाम बहुआयामिक भएको हुदाँ सहकारीले कृषि र उत्पादनमा जोड दिनुपर्ने बताए ।

समाज रुपान्तरण सहकारीको माध्यामबाट हुने भएकोले सहकारीले आफ्नो मुल उद्धेश्य अनुरुप काम गर्नुपर्ने उनले बताए । सहकारीले बचत संकलन तथा ऋण दिने मात्र नभई उत्पादन, रोजगारी तथा समाजलाई रुपान्तरण गर्ने गरि काम गर्नुपर्ने वडाध्यक्ष श्रेष्ठले बताए ।

व्यास नगरपालिकाको १ लाख ५० हजार अनुदान समेत गरि कुल ५ लाख २५ हजारमा खरिद गरिएको तोरी मिलले स्थानिय उत्पादनमा र विक्री वितरणमा सहयोग पुग्ने विश्वास गरिएको कार्यक्रम अध्यक्ष मोहन कुमार श्रेष्ठले बताए । सहकारीले विभिन्न कार्यक्रम शुरु गरेको हुनाले सहयोग गर्न समेत अध्यक्ष श्रेष्ठले आग्रह गरे ।

संस्थाका सचिव राजकुमार श्रेष्ठले संचालन गरेको कार्यक्रममा संस्थाका शेयर सदस्यहरु र स्थानिय जनसमुदायको उपस्थिती रहेको थियो । संस्थामा २३८ जना शेयर सदस्यहरु आवद्ध रहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *