इजरायलबाट नेपालीको उद्दार, काठमाडौं आइपुगे २५४ जना

Byखवरबाटिका

२६ आश्विन २०८०, शुक्रबार ०६:५१ २६ आश्विन २०८०, शुक्रबार ०६:५१ २६ आश्विन २०८०, शुक्रबार ०६:५१

काठमाडौं । इजरायलमा रहेका नेपालीको उद्दार सुरु भएको छ । नेपाल एयरलाइन्सको विमानबाट बुधबार राति २५४ जना नेपाली काठमाडौं आइपुगेका हुन् ।

आफ्ना नागरिकको उद्दारका लागि लागि परराष्ट्रमन्त्री एनपी साउदलाई विमान लिएर इजरायल पठाएको थियो ।

नेपालीहरुलाई लिएर काठमाडौं आएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै परराष्ट्रमन्त्री साउदले नेपालीहरुको सुरिक्षत राख्न इजरायल सरकार समर्पित पाएको बताए ।

मन्त्री साउदले इजरायलमा रहेका नेपालीहरुको उद्दारका लागि आवश्यका अनुसार विमान पठाइने बताए । मन्त्रिपरिषद्ले व्यवसायीक फ्लाइटबाट आउनेहरुको टिकट खर्च व्यहार्ने र चार्टर विमान पनि पठाउने निर्णय गरेको भन्दै उनले भने, ‘अन्य जहाजहरु आवश्यकता अनुसार पठाइने छ, यसमा कुनै चिन्ताको विषय छैन । सरकार सगज छ, नेपाली दूताबासलाई निर्देशन गरिसकेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed

     
Holler Box