प्रहरीको नि:शुल्क स्वास्थ्य शिविरमा २७८ जना लाभान्वित

Byखवरबाटिका

२८ आश्विन २०८०, आईतवार ०९:४१ २८ आश्विन २०८०, आईतवार ०९:४१ २८ आश्विन २०८०, आईतवार ०९:४१

दमौली । गण्डकी प्रदेश प्रहरी अस्पताल पोखराको आयोजना, गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको संयोजन र जिल्ला प्रहरी कार्यालय तनहुँको सहकार्यमा शनिबार भएको निशुल्क स्वास्थ्य शिविरमा २७८ जना लाभान्वित भएका छन ।

६८औं प्रहरी दिवश २०८० को अवसरमा शनिबार तनहुँको व्यास नगरपालिका वडा नं.११ दराई पधेरा स्थित जनकल्याण आधारभुत विद्यालय उक्त निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको थियो ।

सो कार्यक्रमको प्रमुख अतिथी व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठनाथ न्यौपानेले ९२ वर्षिया पञ्चमाया दराईलाई बिरामी जाँचकार्ड हस्तान्तरण कार्यक्रमको उद्घाटन गरेका थिए ।

शिविरमा हाडजोर्नी तथा नशा रोग, महिलाहरुमा हुने महिला तथा प्रसुती रोग सम्बन्धी स्वास्थ्य उपचारमा कुल २७८ जना लाभान्वित भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

जसमा पुरुष ११८ जना र महिला १६० जनाले सेवा प्राप्त गरे ।

साथै उक्त कार्यक्रममा घरेलु हिंसा र आत्महत्या सम्बन्धी लघु सचेतना कार्यक्रम समेत संचालन गरिएको थियो ।

सो कार्यक्रमको प्रमुख अतिथी व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठनाथ न्यौपाने, विशेष अतिथी गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका कार्यालय प्रमुख, प्रहरी नायव महानिरीक्षक बुद्धिराज गुरुङ, जिल्ला प्रशासन कार्यालय तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरे, नेपाल प्रहरी प्रदेश कार्यालय पोखराका प्रहरी उपरीक्षक केदार खनाल, गण्डकी प्रदेश प्रहरी गण पोखराका कार्यालय प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारी, जिल्ला प्रहरी कार्यालय तनहुँका कार्यालय प्रमुख प्रहरी उपरीक्षक अबदेश बिष्ट क्षेत्री, गण्डकी प्रदेश प्रहरी अस्पताल पोखराका प्राबिधिक प्रहरी नायव उपरीक्षक डा. राम प्रसाद शर्मा समेतको मेडिकल टिम, व्यास नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष दल बहादुर दुरा लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *