याम्पाफाँट दुग्ध उत्पादक सहकारीको साधारणसभा सम्पन्न, १५ जना कृषक पुरस्कृत

Byखवरबाटिका

२ कार्तिक २०८०, बिहीबार १९:३२ २ कार्तिक २०८०, बिहीबार १९:३२ २ कार्तिक २०८०, बिहीबार १९:३२

याम्पाफाँट । तनहुँको बन्दिपुर ५ याम्पाफाँटमा रहेको याम्पाफाँट दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको २७औं वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष पुष्पराज पौडेलको सभापतित्वमा भएको कार्यक्रममा गण्डकी प्रदेशका साँसद एवं नेकपा माओबादी केन्द्र गण्डकी प्रदेशका सँसदीय दलका नेता हरिबहादुर चुमानको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि प्रदेश साँसद चुमानले किसानको हकहित र कृषि पेशालाई टिकाई राख्न प्रदेश सरकारले विभिन्न ठाउँमा कृषि नमुना गाउँ, पकेट क्षेत्र, अनुदानको ब्यवस्था लगाएतमा योजन निर्माण गरि कार्य भैरहेको र आगामी दिनमा समेत कृषि क्षेत्रलाई प्राथमिकता दिईने जानकारी दिए ।

कार्यक्रममा विशिष्ट अतिथि बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बन्दिपुरलाई कृषि र पर्यटनको माध्यमबाट चिनाउन गाउँपालिकाले महत्त्वपूर्ण योजनाहरु अघि सारेको बताए । उनले याम्पा क्षेत्र कृषि र पशु पालनका हिसाबले पकेट क्षेत्र रहेको हुँदा हाललाई यस क्षेत्र हेर्नका लागि एक जना पशु चिकित्सक नियुक्त गर्न लागिएको जानकारी दिए।

बन्दिपुर ५ का वडा अध्यक्ष ध्रुबप्रसाद लामिछानेले कृषि र पशुपालन पेशा प्रति अबको पुस्तालाई आकर्षित गर्न सबै मिलेर कार्य योजना बनाउनु पर्नेमा जोड दिँदै आफू पनि कृषक भएको हुँदा पशुपालक कृषकले नश्ल सुधार गरिएका उन्नत जातका पशु पाल्न र उत्पादन लागत घटाउन सुझाब दिँदै दाना चोक्करमा भन्दा घाँस खेतिमा समेत जोड दिनु पर्ने बताए ।

कार्यक्रममा भेटेनरी तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका प्रमुख डाक्टर राजेश चौधरी, निवर्तमान अध्यक्ष छबिलाल घिमिरे, पूर्व अध्यक्ष बिष्णु प्रसाद घिमिरे, आँदिमूल तरकारी उत्पादक सहकारीका अध्यक्ष राम प्रसाद तिवारी, नमूना कृषक काशीनाथ भट्टराई लगाएतले शुभकामना मन्तब्य राखेका थिए ।

उक्त अवसरमा १५ जना कृषक पुरस्कृत हुनु भएको छ । संस्थामा सबैभन्दा बढी दूध बिक्री गर्नेहरु क्रमशः नमुना गाई फार्मका सँचालक पुष्पराज पौडेल, रमेश ढकाल, काशीनाथ भट्टराई सुरज गाई फार्मका सुरज घिमिरे, रामनाथ भट्टराई ख, छबिलाल घिमिरे, कमला पन्त, सिर्जना गाई फार्मका हरिप्रसाद भट्टराई, ओम प्रसाद लामिछाने र हिमलाल भट्ट त्यसैगरी दलित समुदायबाट बढि दूध बिक्री गर्ने रामबहादुर सुनार र जनजाति समुदायबाट सबैभन्दा बढि दूध बिक्री गर्ने अशोक थापा मगर पुरस्कृत भएका छन् । त्यस्तै गुणस्तर तर्फ मुना न्यौपाने र झलक क्षेत्री, सरसफाइ तर्फ कमला पन्थ र ईन्दिरा घिमिरे पुरस्कृत भएको सँस्थाले जनाएको छ ।

तनहुँ जिल्ला कै नमुनाको रुपमा रहेको याम्पाफाँट दुग्ध उत्पादक सहकारीले वार्षिक रुपमा १२ करोड भन्दा बढीको दूध बिक्री गर्दै आईरहेको संस्थाकी कोषाध्यक्ष जानकी पन्थले जानकारी दिईन । संस्थाले हाल पोखरामा रहेको सुजल डेरी र स्थानीय डिडि एग्रो प्रालिलाई दूध बिक्री गर्दै आईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *