एन्फाको ६ जिल्ला मताधिकारका लागि छनोट

Byखवरबाटिका

२ कार्तिक २०८०, बिहीबार २०:४० २ कार्तिक २०८०, बिहीबार २०:४० २ कार्तिक २०८०, बिहीबार २०:४०

रामबहादुर धामी, आँबुखैरेनी । अखिल नेपाल फुटबल संघ (एन्फा)को विशेष साधारणसभामा सहभागिताका लागि गण्डकी प्रदेशका ६ जिल्ला मताधिकारका लागि छनोट भएका छन् ।

तनहुँस्थित आँबुखैरेनीमा मताधिकार छनोट कार्यक्रममा बिहीबार प्रदेशका ८ मध्ये ६ वटा जिल्लाले मनोनयन दर्ता गराएको र निर्विरोध बनेको गण्डकी प्रदेश फुटबल संघ अध्यक्ष दिपेन्द्र श्रेष्ठले जानकारी दिए ।

मताधिकारका लागि गण्डकी प्रदेशबाट ६ वटा जिल्ला छनोट हुने प्रावधान रहेको उनले बताए ।

आवश्यक प्रक्रिया पूरा गरी मनोनयनपत्र दाखिला गराउने क्रममा आवश्यक संख्याको मात्र मनोनयनपत्र दाखिला भएको र दाबी/विरोध नभएको अवस्थामा निर्विरोधरुपमा मताधिकार जिल्ला छनौट गरिएको निर्वाचन समितिले जनाएको छ ।

जिल्ला फुटबल संघ तनहुँ, लमजुङ, मनाङ, बागलुङ, स्याङ्जा र नवलुपर मताधिकारका लागि छनोट भएका श्रेष्ठले जानकारी दिए ।

एन्फाको विशेष साधारणसभा कात्तिक २३ गते हेटौंडामा हुँदै छ । एन्फामा आबद्ध कास्की र गोरखा भने मताधिकार छनोट कार्यक्रममा सहभागी बनेका थिएनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed

     
Holler Box