ट्रकको ठक्करबाट भिमादकी सुकमायाको मृत्यु, श्रीमान र दुई छोरा घाइते

Byखवरबाटिका

१६ मंसिर २०८०, शनिबार २०:२२ १६ मंसिर २०८०, शनिबार २०:२२ १६ मंसिर २०८०, शनिबार २०:२२

दमौली । ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको भिमाद नगरपालिका वडा नं. ९ थामडाँडा बस्ने २६ वर्षीया सुक माया वि.क रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिए ।

शनिबार ६ बजेको समयमा जिल्लाकोम्याग्दे गाउँपालिका वडा नं. ६ मौरीबजार स्थित पृथ्वी राजमार्ग सडकखण्डमा दमौलीबाट पोखरा तर्फ जादै गरेको ग १७ प ६५९७ नं.को मोटरसाइकललाई सोही दिशाबाट जादैँ गरेको बा.प्र.०१-००६ ख २८६१ नं. को ट्रकले ठक्कर दिदा दुर्घटना भएका थियो ।

उक्त दुर्घटनामा मोटरसाइकल चालक तनहुँको भिमाद नगरपालिका वडा नं. ९ थामडाँडा बस्ने ३४ वर्षिय रामचन्द्र बि.क, पछाडी सवार निजकै श्रीमती २६ वर्षिया सुक माया बि.क., छोराहरु बर्ष ३ को सुमन बि.क र बर्ष ६ को गुरास बि.क घाईते भएका थिए ।

घाईतेहरु मध्ये सुकमाया बि.क.को उपचारको क्रममा ६:३० बजेको समयमा जि.पी. कोईराला स्वास प्रश्वास केन्द्र बेलचौतारामा मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य तिन घाईतेहरुको सोही अस्पतालमा उपचार भईरहेको छ ।

ट्रक चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *