दमौलीबाट लमजुङको कुन्छा जादै गरेको बस परेवाडाँडामा पल्टिदा १५ जना घाइते (नामावली सहित)

Byखवरबाटिका

१३ पुष २०८०, शुक्रबार १६:५८ १३ पुष २०८०, शुक्रबार १६:५८ १३ पुष २०८०, शुक्रबार १६:५८

दमौली । तनहुँको व्यास नगरपालिका-१० स्थित परेवाडाँडामा शुक्रबार दिउसो बस पल्टिदा १५ जना घाइते भएका छन् ।

दमौली-भोर्लेटार सडक खण्डमा दमौलीबाट लमजुङ कुन्छातर्फ जादै गरेको ना६ख ५४७९ नम्बरको बस अनियन्त्रित भई सडकदेखि करिव १० मिटर तल खस्न गई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा घाइते हुनेहरुमा हुनेहरुमा तनहुँको ब्यास नगरपालिका वडा नं. ५ बस्ने बर्ष २१ की अन्जना थापा, ब्यास नगरपालिका वडा नं. १० बस्ने बर्ष ४५ की शान्ती सुनार, ब्यास नगरपालिका वडा नं. १० बस्ने बर्ष ३६ की ईन्द्रकला आचार्य, ब्यास नगरपालिका वडा नं. ८ बस्ने बर्ष ५५ की सिता पौडेल, भानु नगरपालिका वडा नं. ११ बस्ने बर्ष ५३ को याम बहादुर गुरुङ, ब्यास नगरपालिका वडा नं. ८ बस्ने ४५ की साबित्री पौडेल, ब्यास नगरपालिका वडा नं. ८ बस्ने बर्ष ५ की युबिषा पौडेल, नवलपुरको बौदीकाली गाउँपालिका वडा नं. ९ बस्ने बर्ष ५५ को सन्तलाल रजवाल, कास्कीको रुपा गाउँपालिका वडा नं. ३ बस्ने बर्ष २२ की निशा खत्री भुजेल, रुपा गाउँपालिका वडा नं. ३ बस्ने बर्ष २ की दिब्यान्सी भुजेल, तनहुँको ब्यास नगरपालिका वडा नं. ७ बस्ने बर्ष ५४ को अर्जुन थापा, ब्यास नगरपालिका वडा नं. १० बस्ने बर्ष ४७ की पार्वती बि.क, तनहुँको भानु नगरपालिका वडा नं. ११ बस्ने बर्ष ६३ को मिन बहादुर गुरुङ, तनहुँको ब्यास नगरपालिका वडा नं. ९ बस्ने बर्ष ४५ को सुक बहादुर गुरुङ र सहचालक जिल्ला लम्जुङको मध्य नेपाल नगरपालिका वडा नं. १ बस्ने बर्ष १८ को बिकास थापा रहेका छन ।

दुर्घटनामा घाइते भएकाहरुको दमौली स्थित रत्नहरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed

     
Holler Box