तेस्रो ऋषिङ अल्ट्रा म्याराथन पुस २७ गते हुने

Byखवरबाटिका

२२ पुष २०८०, आईतवार १२:०५ २२ पुष २०८०, आईतवार १२:०५ २२ पुष २०८०, आईतवार १२:०५

दमौली । तनहुँको ऋषिङ गाउँपालिकाको आयोजनामा तेस्रो ऋषिङ अल्ट्रा म्याराथन पुस २७ गते राष्ट्रिय एकता दिवसको अवसरमा हुने भएको छ । ‘ऋषिङ समृद्धिको आधार कृषि संस्कृति, पर्यटन र पूर्वाधार’ भन्ने मूल नाराका साथ खेलकूदका माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले उक्त अल्ट्रा म्याराथनको आयोजना गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।

म्याराथनमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः रु ६५ हजार, रु ४० हजार, रु २५ हजार र रु १० हजारका साथै मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने गाउँपालिकाका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठले जानकारी दिए । पुरस्कार रकम कर बाहेक रहेको गाउँपालिकाले जनाएको छ ।

सहभागी हुन चाहने धावकले यही पुस २६ गते बिहान १० बजेसम्म निशुल्क फाराम भर्न सक्ने ऋषिङ गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष एवं खेलकुद विकास समितिका संयोजक दल बहादुर थापाले जानकारी दिए ।

खुल्ला म्याराथन धारुङ भञ्ज्याङदेखि दौड सुरु भई ऋषिङ प्रवेशद्वार, रानीपोखरी, गाउँपालिका -७ को कार्यालय, अर्खलाछाप, काफलडाँडा, पुरानो ऋषिङ (चालिसे) पोखरीभञ्ज्याङ, गोठादी, ढुङ्गाडे, भिरकोट अर्चल्दी, मौरीबास, दाङसिरी हुँदै दुबुङकोट भ्यू टावरमा पुगेर समापन हुनेछ । उक्त रुटको दुरी ४२.२ किलोमीटर रहेको छ ।

विगतका वर्षमा जस्तै यसपालि पनि ठुलो संख्यामा धावकको उपस्थिति रहने गाउँपालिकाको अपेक्षा रहेको छ ।

म्याराथनको माध्यमबाट ऋषिङ गाउँपालिकालाई देशैभरी परिचित गराउने उद्धेश्यका साथ गर्न लागिएको गाउँपालिकाका अध्यक्ष श्रेष्ठले बताए । उनका अनुसार पर्यटन प्रवर्द्धनमा समेत म्याराथनले टेवा पुर्याउछ ।

शनिबार दमौलीका आयोजित पत्रकार सम्मेलनमा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले तनहुँको प्राचिन गाउँ ऋषिङलाई खेलकुदको मार्फतबाट समेत परिचित गराउन स्थानीय सरकार लागिपरेको बताए ।

 

 

  • Beta

Beta feature

  • Beta

Beta feature

Leave a Reply

Your email address will not be published. Required fields are marked *