छपेली कपको फाइनल खेल भोली, आयोजक र सिद्धगुफा फाइनलमा भिड्ने

Byखवरबाटिका

२९ पुष २०८०, आईतवार १९:१० २९ पुष २०८०, आईतवार १९:१० २९ पुष २०८०, आईतवार १९:१०

डिपि अधिकारी, डुम्रे । तनहुँको बन्दीपुर गाउँपालिका–१ छापमा गत पौष २० गतेबाट शुरु नवौं छपेली कप फुटबल प्रतियोगिताको खुल्ला तर्फको फाईनल खेल भोली हुने भएको छ ।

खुल्ला सेभेन ए साईड नक आउट फुटबलको फाईनल प्रतियोगितामा आयोजक छपेली युवा क्लब र बन्दिपुर ४ बिमलनगरमा रहेको सिद्धगुफा युवा क्लव भिड्ने भएका हुन् ।

आईतबार भएको पहिलो सेमीफाईनलमा सिद्धगुफा युवा क्लवले १७ वर्ष मुनिका खेलाडी आवद्ध रहेको छपेली क्लबलाई ५– १ गोल अन्तरले हराएपछि सिद्धगुफाले फाईनलको यात्रा तय गरेको हो ।

अर्को खेलमा आयोजक छपेली युवा क्लब ए र न्यू बुद्ध युवा क्लब भानु बीच भएको खेलमा आयोजक छपेली ए ले ५ – १ को अन्तरमा न्यू बुद्धलाई हराएको छ ।

फाईनल खेल माघ १ गते सोमबार १२ बजे शुरु हुने आयोजकले जनाएको छ ।

त्यसैगरी भेट्रन्स तर्फ आईतबार भएको सेमीफाईनल प्रतियोगिताको पहिलो खेलमा काहुँ मिलन झापुटारले सेभेन स्टार युवा क्लबलाई १ – ० को गोल अन्तरले हराउँदै काहुँ मिलन फाईनलमा पुगेको हो भने दोस्रो खेलमा आयोजक छपेलीलाई शुन्यका विरुद्ध ४ गोल गर्दै चाम्बास फाईनलमा प्रवेश गरेको हो ।

खुल्ला सेभेन ए साईड नक आउट फुटबल तर्फको विजेता टिमलाई एक लाख २५ हजार १२५ रुपैयाँ, उपविजेता टिमलाई ६१ हजार ६१ रुपैयाँको साथमा ट्रफि, मेडल र प्रमाण–पत्रद्वारा पुरस्कृत गरिने भएको छ ।

यस्तै, सेमिफाइनल पुग्ने दुई टिमलाई नगद १०÷१० हजार रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष विजय रानाले बताउनु भएको छ ।

सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्तालाई जनहि नगद २ हजार ५ सय र अनुशासित टिमलाई ५ हजार रुपैयाँ पुरस्कार दिईने आयोजकले जनाएको छ ।

त्यसैगरी ३० वर्ष उमेर भन्दा माथिकाको भेट्रन्स तर्फ पहिलो पुरस्कार भेंडा र दोस्रो पुरस्कार बोका रहेको आयोजकले बताएको छ ।

छाप खेल मैदानमा सोमबार हुने फाईनल प्रतियोगितामा गण्डकी प्रदेशकी मन्त्री शुसिला सिंखडाले खेलाडीहरुलाई पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको आयोजकले बताएको छ ।

‘सामाजिक अन्तर सम्बन्धका लागि खेलकूद’ भन्ने नाराका साथ आयोजना गरिएको फुटबल प्रतियोगिता दुई विधामा खेलाईएको आयोजक छपेली साँस्कृतिक युवा क्लबका अध्यक्ष रानाले जानकारी दिए ।

स्व. बाबुराम पाटा र स्व. लालबहादुर पाटा मगरको स्मृतिमा प्रत्येक वर्ष माघे संक्रान्ति पर्व लक्षित गरी फुटबल प्रतियोगिता सञ्चालन गर्दै आइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *