नेल्टा तनहुँको अध्यक्षमा कंडेल, ११ सदस्यीय कार्यसमिति चयन

Byखवरबाटिका

१ माघ २०८०, सोमबार १९:२० १ माघ २०८०, सोमबार १९:२० १ माघ २०८०, सोमबार १९:२०

तनहुँ । नेपाल अंग्रेजी भाषा शिक्षक संगठन (नेल्टा ) तनहुँको पाँचौ अधिवेशनबाट उपप्राध्यापक बसन्त कंडेलको नेतृत्वमा ११ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको छ ।

आइतबार आदिकवि भानुभक्त क्याम्पसमा आयोजित अधिवेशन एवं सम्मेलनबाट सो नयाँ कार्यसमिति चयन गरिएको हो । समितिको उपाध्यक्षमा प्रकाश खड्का, सचिवमा तीर्थराज वर्देवा, सहसचिवमा तीर्थराज रानाभाट, कोषाध्यक्षमा मनु सापकोटा चयन भएका छन् । त्यसैगरि सदस्यमा केश बहादुर थापा, झम बहादुर थापा, विमला अधिकारी, मीना शर्मा, प्रकाश मिश्र र विष्णु पोखे्रल रहेका छन् ।

सो अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि एवं व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले तनहुँमा अंग्रेजी भाषाको विकास र विस्तारका लागि नेल्टाले प्रशंसनीय काम गरेको बताउँदै स्थानीय सरकारका तर्फबाट नेल्टालाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । साथै उनले आगामी दिनमा नेल्टाका नीति तथा कार्यक्रमहरु थप प्रभावकारी बनाउन पनि सुझाव दिए ।

नेल्टा तनहुँका अध्यक्ष लाल प्रसाद भट्टराईको अध्यक्षतामा आयोजित सो कार्यक्रममा नेल्टा गण्डकी प्रदेशका अध्यक्ष कमलराज लम्साल, नेल्टा गण्डकीका निवर्तमान अध्यक्ष डा. नवराज न्यौपाने, नेल्टा तनहुँका संस्थापक अध्यक्ष चक्र बहादुर अधिकारी, पूर्व अध्यक्ष रामचन्द्र पोखरेल, आदिकवि भानुभक्त क्याम्पसका क्याम्पस प्रमुख महाप्रसाद हड्खले, वरिष्ठ अंग्रेजी शिक्षक महेन्द्र न्यौपाने लगायतका वक्ताहरुले अधिवेशनको सफलताको शुभकामना व्यक्त गर्दै नेल्टा तनहुँले जिल्लामा अङ्ग्रेजी भाषाको शिक्षण–सिकाई र विकासमा उदाहरणीय काम गरेको बताए ।

कार्यक्रममा संगठनका सचिव प्रकाश खड्काले संस्थाको प्रगति विवरण र कोषाध्यक्ष तीर्थराज वर्देवाले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।
यसैवीच, अधिवेशन अघि नेल्टा गण्डकीका निर्वतमान अध्यक्ष एवं सहप्राध्यापक डा. नवराज न्यौपाने, उपप्राध्यापक बसन्त कंडेल र विजय कुमार रानाभाटले “अंग्रेजी भाषाका समसामयिक मुद्धाहरु” विषयमा आफ्ना प्रस्तुतीहरु गरेका थिए । सो अवसरमा नेल्टामा आवद्ध आजीवन सदस्यहरुकाबीच अंग्रेजी भाषाको शिक्षण सिकाईका विषयमा अन्तरक्रिया गरिएको थियो ।

वि.स. २०६६ सालमा स्थापना भएको नेल्टा तनहुँले जिल्लाका विभिन्न विधालय र क्याम्पसहरुमा कार्यरत शिक्षक र विधार्थीहरुका लागि प्रभावकारी शिक्षण सिकाइ, प्राज्ञिक लेखन र अनुसन्धानका विषयमा विभिन्न तालिम, गोष्ठी र सेमिनारहरु गर्दै आइरहेको छ । तनहुँमा १३८ जना शिक्षकहरु यस संगठनका आजीवन सदस्य रहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *