म्याग्दे गाँउपालिकाद्वारा नि:शुल्क मिर्गोला परिक्षण शिविर शुरु

Byखवरबाटिका

१६ माघ २०८०, मंगलवार १८:१९ १६ माघ २०८०, मंगलवार १८:१९ १६ माघ २०८०, मंगलवार १८:१९

म्याग्दे । तनहुँको म्याग्दे गाँउपालिकाले निशुल्क मिगौला परिक्षण स्वाथ्य शिविर शुरु गरेको छ । मिर्गोला बचाउ अभियान राष्ट्रिय कार्यक्रम नेपाल र राष्ट्रिय मिर्गोला केन्द्र काठमाण्डौको प्राविधिक सहयोग तथा सुर्य नेपाल प्रा.लि.को आर्थिक सहयोगमा शुरु गरिएको स्वास्थ्य शिविर कार्यक्रम पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले एक कार्यक्रमका वीचमा शुभारम्भ गरे ।

कार्यक्रमको शुभारम्भ गर्दे गाँउपालिकाका अध्यक्ष श्रेष्ठले पालिका भित्रका जनतालाई स्वास्थ्य बनाउनका लागी कसरी अभिभावकीय बन्न सकिन्छ भन्ने सोचका साथ पालिकाले निशुल्क रुपमा मिर्गोला परिक्षणको कार्यक्रम ल्याईएको बताए ।

सामान्य खानपिन र स्वास्थ्यमा ध्यान नदिदाँ मिर्गोला रोगले ग्रसित बनिरहदाँ, दैनिक रुपमा मिर्गोला पिडितहरु दैनिक जसो सहयोगका लागी पालिका धाईरहदाँ जनताको दुखमा साथ दिने अभियानमा पालिका जोडिएको हो । पालिकाभित्रका सातै वडा वडामा निशुल्क मिर्गोला परिक्षणकको कार्यक्रम रहेको हुदाँ सवैलाई मिर्गोला परिक्षणमा जोडिन पनि आग्रह गरे ।

यसैगरि पालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरले हेर्दा आम जनतालाई सामान्य लागेतापनि यो जनताप्रतिको जवाफदेहिता रहेको बताए । उनले भने ‘रोग लागिसकेपछि उपचार गर्न पर्ने वाध्यता अगावै सचेत हुनका लागी यो शिविरले महत्वपुर्ण भुमिका खेल्नेछ ।’ आधारभुत स्वास्थ्य आम जनताको पहिलो प्राथमिकता रहेको हुदाँ रोग लाग्नु पुर्व नै ध्यान दिनुपर्ने उपाध्याक्ष घिमिरेले बताए ।

कार्यक्रममा सुर्य नेपालका मानव संशाधन विभागका प्रमुख अन्जन दवाडीले कम्पनिको समाजिक उत्तरदायित्व अन्तरगत रहेर सकेको सहयोग गरेको बताए । स्थानिय जनताको आम स्वास्थ्य सेवा जोडिएको विषयमा सहयोग गर्ने कम्पनिको लक्ष्य रहेको हुदाँ भोलिका दिनमा पनि जनचासोको विषयमा सकेको सहयोग गर्ने बताए ।

यसैगरि पालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले पालिका आम जनताको स्वास्थ्य सँग अत्यन्तै सम्वेदनशील भएको हुदाँ यसअघि पनि आम जनताको स्वास्थ्य सँग जोडिएर विभिन्न शिविर गरिसकेको र अव आउने फागुनको पहिलो हप्ता पाठेघरको क्यान्सर परिक्षणको शिविर समेत गरिने वताए । यसैगरि फागुणको १६ देखि चैत्तको ७ गतेसम्म एकीकृत घुम्ति शिविर पनि गरिने अधिकारीले बताए ।

माघ १६ गते देखि २३ गते सम्म संचालन हुने निशुल्क मिर्गोला परिक्षण स्वास्थ्य शिविरमा सहभागी रहेर स्वास्थ्य परिक्षण गराउन समेत पालिकाले अपिल समेत गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed

     
Holler Box