म्याग्दे गाँउपालिका स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकनमा गण्डकी प्रदेशमा नै पहिलो

Byखवरबाटिका

१६ माघ २०८०, मंगलवार १८:२३ १६ माघ २०८०, मंगलवार १८:२३ १६ माघ २०८०, मंगलवार १८:२३

म्याग्दे । स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकनमा तनहुँको म्याग्दे गाँउपालिका गण्डकी प्रदेशमा नै पहिलो पालिका बनेको छ । लिजामा सार्वजनिक गरिएको आर्थिक वर्ष ०७९।८० को नतिजा अनुसार म्याग्दे गााउपालिका प्रदेशमा नै ९४.५ अंक प्राप्त गरि पहिलो बन्न सफल भएको हो ।

लिजाको नियम अनुसार विभिन्न १० वटा शिर्षकमा म्याग्दे गाँउपालिकाले शासकीय प्रवन्धमा ९ अंक प्राप्त गरेको छ भने संगठन तथा प्रशासनमा ८ अंक, वार्षिक वजेट तथा योजना व्यवस्थापनमा ११ अंक, वित्तिय तथा आर्थिक व्यवस्थापनमा ११ अंक, सेवा प्रवाहमा १५, न्यायिक कार्य सम्पादनमा ६.५, भौतिक पुर्वाधारमा ११.५, सामाजिक समावेशीकरणमा ९.५, वातावरण संरक्षण् तथा विपद व्यवस्थापनमा ८.२५ र सहकार्य र समन्वयमा ४.७५ अंक प्राप्त गरि कुल ९४.५ प्राप्त गरि गण्डकी प्रदेशमा नै पहिलो पालिका बनेको हो ।

पालिकाले शासकीय प्रवन्ध, संगठन तथा प्रशासन र वार्षिक वजेट तथा योजना व्यवस्थापनमा शत प्रतिशत नतिजा निकालेको छ ।
लिजामा प्रकाशित नतिजा अनुसार म्याग्दे गाँउपालिकाले समग्र स्थितीमा ९७.६२ प्रतिशत, प्रक्रियागत स्थितीमा९५.५९ प्रतिशत र परिमाणात्मक स्थितीमा ९२.२२ प्रतिशत नतिजा प्राप्त गरेको छ ।

गण्डकी प्रदेश भरिका ८५ वटा पालिका मध्ये ८२ वटा पालिकाको नतिजामा म्याग्दे गाँउपालिका प्रदेशको नै पहिलो पालिका बनेको छ भने स्याङजाको अर्जुनचौपारी दोश्रोमा र तनहुँको आवुखैरेनी गाँउपालिकाले तेश्रो स्थानमा रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *