माछा मार्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु

Byखवरबाटिका

२० माघ २०८०, शनिबार १४:२१ २० माघ २०८०, शनिबार १४:२१ २० माघ २०८०, शनिबार १४:२१

तनहुँ । विद्युतीय तारको प्रयोग गरी माछा मार्ने क्रममा तनहुँमा एक जना युवकको मृत्यु भएको छ ।

शुक्लागण्डकी नगरपालिका वडा नं. ६ ओखले बस्ने २८ वर्षीय सन्तोष कुमालको मृत्यु भएको हो ।

शनिबार बिहान तनहुँ शुक्लागण्डकी नगरपालिका वडा नं. ६ कुम्लेखोलामा कुमाल ओखलेमा डेरा गरी बस्ने वर्ष २५ को सन्तोष डाँगीसँग माछा पार्न पुगेका थिए ।

माछा मार्ने क्रममा करेन्ट लागी घाइते भएका कुमाललाई तत्काल उपचारको लागी जिपी कोइराला श्वास प्रश्वास केन्द्र बेलचौतरा तनहुँ ल्याइएको थियो ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणका अनुसार उपचारको क्रममा डाक्टरद्वारा उनलाई मृत घोषणा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *