शुक्लागण्डकी महोत्सवमा खादा र ब्याचको सट्टा स्थानीय उत्पादनलाई प्राथमिकता

Byखवरबाटिका

६ फाल्गुन २०८०, आईतवार ०९:४० ६ फाल्गुन २०८०, आईतवार ०९:४० ६ फाल्गुन २०८०, आईतवार ०९:४०

दुलेगौंडा । तेस्रो शुक्लागण्डकी महोत्सवमा खादा र ब्याचको सट्टामा स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको छ ।

यसअघिका महोत्सवमा नगर र जिल्ला बाहिरबाट माला खरिद गरि ल्याउने गरिएकोमा यसपटक समिको पातबाट बनाइएको माला र स्थानीइ फूल प्रयोगमा ल्याइएको हो । साथै महोत्सवमा खादा र ब्याच प्रयोग गरिएको छैन ।

महोत्सव उद्घाटनका अवसरमा समिबाट बनेका माला आमन्त्रित व्यक्तिहरुलाई लगाइएको थियो । अन्य दिनहरुमा पनि अतिथी र कलाकारलाई स्थानीय माला प्रयोग गरिएको अतिथी सत्कार उपसमिति संयोजक जोशिला थापाले बताईन् ।

शुक्लागण्डकी नगरपालिका वडा नं. ६ को कार्यालयले जनजाति लक्षित कार्यक्रम अन्तर्गत हालै २५ दिने बासका हस्तकला सामान बनाउने तालिम प्रदान गरेकोमा सहभागि प्रशिक्षार्थीले सो माला बनाएका हुन् ।

उनीहरुले उत्पादन गरेका बासका सामग्रीहरु महोत्सवमा विक्रि र प्रदर्शनीको लागि समेत राखिएको वडा अध्यक्ष बुद्धि बहादुर थापाले जानकारी दिए ।

‘तालिमको समापनको अवसरमा समि र फुल मिलाएर माला बनाएका थिए, वडा अध्यक्ष थापाले भने,’ ‘सोहि मालालाई महोत्सव आयोजकसँग कुरा गरि प्रयोगकोलागि अनुरोध गरिएको हो । आयोजकले प्रति माला ३० रुपैया दिएका छन् ।’

महोत्सव मुल संयोजक एवम् शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघका अध्यक्ष विमल प्रसाद रिमालले स्थानीयले उत्पादन गरि उपलब्ध गराउछौं भनेपछि हामीले उनीहरुलाई प्रोत्साहनकालागि पनि स्थानीय मालालाईनै प्राथमिकता दिएको बताए । ‘यस क्षेत्रमा अहिले फूल छैन, अतिथी सत्कारकोलागि हामीले पनि बाहिरबाट खरिद गरि ल्याउनुपर्ने हुन्थ्यौं, अतिथी सत्कार उपसमिति संयोजक थापाले भनिन, हामीलाई आवश्यक परेमा उहाँहरुले बनाएर ल्याईदिनुहुन्छ ।’

तालिम लिएकी मधु थापाले तालिम सकिने बित्तिकै आफूहरुको उत्पादनलाई प्राथमिकता दिएको धन्यवाद दिए । उनले बजार पाएको खण्डमा नियमित रुपमा माला उत्पादन गर्न सकिने बताईन् । समिको पात गाउँघरमै प्रशस्त रुपमा पाइने उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *