दमौली । नेपाल औषधी व्यवसायी संघ तनहुँको सोमबार सम्पन्न १५औं साधारण सभा तथा ५औ जिल्ला अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ ।
संघको अध्यक्षमा दयाराज पाण्डे निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै वरिष्ठ उपाध्यक्षमा सुन्दर वस्याल, उपाध्यक्ष थोकमा विनोद अधिकारी, उपाध्यक्ष खुद्रामा सुर्य बहादुर थापा, महासचिवमा विनय श्रेष्ठ चयन भएका छन् ।
संघको कोषाध्यक्षमा देवीभक्त राना, सचिवमा ऋषिकान्त गिरी, उपकोषाध्यक्षमा धर्मदत्त पौडेल चयन भएका छन् । यस्तै सदस्यहरुमा पदम राज श्रेष्ठ, उत्तम वैध र मनु थापा चयन भएका छन् ।