भानु । मातातीर्थ औंसीको अवसरमा तनहुँको भानु नगरपालिका ५ स्थित बाङ्गेरहमा जेष्ठ नागारिकलाई सम्मान गरिएको छ ।
शिवालय बचत समूह भानु-२ र भानु-५ को आयोजनामा गतवर्ष जस्तै यस वर्ष पनि जेष्ठ नागरिकलाई सम्मान गरिएको स्थानिय युवा राजेश कार्कीले जानकारी दिए ।
आफ्नो बाल्यकालदेखि घास दाउरा, मेलापात सँगै गरेका बाँरीफाँट, बाङ्गेरह, ढाँडखोला सेरोफेरोमा बस्ने ६० जना जेष्ठ नागरिक आमा बुबाहरू लाई भेटघाट गराई सम्मान गरिएको आयोजकले जनाएको छ ।
विभिन्न कारणले एक आपसमा भेटघाट हुन नसक्ने अवस्थामा रहेका जेष्ठ नागरिकलाई बुधबार मातातीर्थ औंसीको अवसरमा भानु-५ बाङगेरह स्थित पञ्च मन्दिर परिसरमा भेटघाट तथा सम्मान कार्यक्रम गरिएको हो ।
तस्विर : राजेश कार्की