दमौलीकी करुना मिस नेपालमा छनौट

Byखवरबाटिका

२० जेष्ठ २०८१, आईतवार ०८:२५ २० जेष्ठ २०८१, आईतवार ०८:२५ २० जेष्ठ २०८१, आईतवार ०८:२५

दमौली । करुणा रावत मिस नेपालको सपना साँचेर अस्ट्रेलियाबाट नेपाल फर्किएकी छिन् । मोडलिङबाट करिअर बढाएकी करुणा मिस नेपाल २०२४ को टप २६ मा छनोट भएकी छिन् । उनको प्रतियोगी नम्बर ८ हो ।

तनहुँको दमौलीमा बुवा अमृत रावत र आमा यसोधा रावतको जेठी सन्तानको रुपमा २४ वर्ष अघि जन्मिएकी करुणा १५ वर्षको उमेरमै मोडलिङमा प्रवेश गरेकी थिइन् । दमौलीस्थित कनकाई सेकेण्डरी स्कुलबाट अध्ययन सुरु गरेकी करुणा मिस एसएलसी पोखरा २०१४ की रनरअप समेत हुन् ।

मिस एसएलसी पोखराको उपविजेता भएसँगै करुणाले पोखराको लिटल स्टेप उच्च माध्यमिक स्कुलमा विज्ञान विषयमा कक्षा ११ र १२ मा शत प्रतिशत छात्रवृत्तिमा अध्ययन गर्न समेत अवसर पाएकी थिइन् ।

बाल्यकालदेखि नै तिक्ष्ण क्षमता भएकी करुणाले नेपालका विभिन्न ¥याम्प सो गरेपनि थप अध्ययनका लागि अष्ट्रेलिया गएकी हुन् ।

१७ वर्षको उमेरमा अष्ट्रेलिया पुगेकी रावतले नेपथ्यदेखि होली मेला, आफ्नै अनलाईनमा कार्यक्रम चलाएर अर्थात होस्टिङ गरेर कुशल संचालिका भई लोकप्रियता कमाइसकेकी छिन् ।अष्ट्रेलियामा पनि अध्ययनसँगै उनले आफ्नो मोडलिङ क्षेत्रलाई भने निरन्तरता दिंदै आएकी छिन् ।

अष्ट्रेलियास्थित वेस्टन सिड्नी युनिभर्सिटीमा ब्याचलर्स अफ नर्सिङको अध्ययन सकाएपछि करुणा विगत ३ वर्षदेखि नर्सिङ पेशामा पुर्णरुपमा सक्रिय छिन् ।

रावतले मानसिक स्वास्थ, वृद्ध हेरचाह, यूरोलोजी गाइनो तथा युरोलोजी, ट्राभल नर्सिङ जस्ता क्षेत्रमा काम गरेकी छन् । उनी मिस अटो डी एलिगेन्स, प्राइभेट जेट शूट र स्पोर्ट्स कारका लागि प्रतियोगीका रूपमा छनोट समेत भएकी थिइन् ।

उनले मिस वर्ल्ड अस्ट्रेलियाको फाइनलमा रकी गादरकोल शो मोडलको रूपमा ¥याम्प वाक प्रदर्शन गरेकी थिइन् । साथै मिस ग्ल्यामर लुक अष्ट्रेलिया २०१९ को टप ५ मा समेत उनी छनोट भएकी थिइन् ।

पश्चिमी सिड्नी विश्वविद्यालयमा नेपालीद्यार्थीहरूको कार्यक्रम संयोजकको भूमिकामा रहेर समेत केही समय काम गरेकी उनले बूमटाउन शिखर सम्मेलनमा समेत सहभागी भएकी थिइन् ।

यस्तै सामाजिक कामहरूमा सक्रिय रावतले मानसिक स्वास्थ्य, लागूपदार्थ र मदिरा दुर्व्यसनी रोक्नका लागि समेत काम गर्दै आएकी छन् ।

राष्ट्रिय नेतृत्व मञ्च, प्रतिनिधि २०२२, अष्ट्रेलियामा छनोट भई रावतले संसद भवनमा ३ दिनसम्म नेपालको प्रतिनिधित्व गरेकी छन् ।

साथै थाइल्यान्डमा स्वेच्छिक रूपमा ग्रामीण क्षेत्रमा विद्यार्थीहरूलाई अध्ययन गराएको अनुभव समेत उनीसँग छ । मिस नेपाल बन्ने बाल्यकालदेखिको सपना छ उनको ।

यसकारण पनि उनी आफ्नै देश फर्किएकी छिन् । भविष्यमा स्वास्थ्य क्षेत्रमा योगदान गर्ने र महिला शसक्तिकरणमा महत्वपुर्ण भूमिका खेल्ने उनले लक्ष्य लिएकी छिन् ।

प्रतियोगिताको शीर्ष विजताले मिस ग्लोबलमा नेपालको प्रतिनिधित्व गर्नुकासाथै विभिन्न उपहार समेत जित्न सक्नेछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed

     
Holler Box