देवघाटमा पशुमा देखिने बाझोपन निवारण शिविर

Byखवरबाटिका

१८ असार २०८१, सोमबार १२:०४ १८ असार २०८१, सोमबार १२:०४ १८ असार २०८१, सोमबार १२:०४

देवघाट । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँ को आयोजना र पशुपन्छी तथा मत्स्य विकास केन्द्र देवघाट गाउँपालिकाको सहकार्यमा पशुहरुमा बाली नखोज्ने, उल्टिरहने समस्यामा उपचारर्थ आज बाझोपन निवारण शिविर वडा-५ अन्तर्गत गाई भैंसीमा गरिएको छ ।

देशमा अत्यधिक बाझोपनका समस्या आइरहेको र उत्पादनमा ह्रास आइरहेको बेला देवघाट गाउँपालिकाको पहलमा वडा न ५ मा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँको टोलिले ३५ जना किसानको गोठ मै पुगि उपचार गरि निशुल्क औषधि वितरण पनि गरिएको छ ।

सन्तुलित दाना, घाँस र सूक्ष्म तत्वको कमिको कारण यस्ता समस्या आएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँ को प्राविधिक रुद्र सिह ठकुरीले बताए । स्थानिय स्तर मा पर्योग गरिने आहार बाट पनि विभिन्न तरिकाले किसानले रोग निवारण गर्न सकिने कुरा पृष्ठपोषण गरे ।

कार्यक्रममा देवघाट गाउँपालिका अध्यक्ष तिल बहादुर थापा, ५ न वडा का अध्यक्ष पुर्ण बहादुर कुवर , ५ न वडा सद्स्य याम बहादुर मगरले किसानको गोठ मै पुगेर देशको आर्थिक अवस्थामा किसानको महत्त्वपूर्ण भुमिका रहेको र सुध्रिरिकरणमा आ व ०८०/८१ मा हरेक वर्ग का किसान लाई योजना मा समेट्ने कुरा समष्टिगत रुपमा सुनाए ।

कार्यक्रम गोहिटार सहकारी, चक्रवर्ती महिला उद्यमी सहकारी सस्था, पशु फर्म , किसानहरु र देवघाट गाउँपालिकाको पशु चिकित्सक , प्राविधिकको सहजिकरणमा कार्यक्रम सम्पन्न भएकोमा धन्यवाद प्रकट गर्दै भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका कार्यलय प्रमुख डा राजेश कुमार चौधरीले देवघाट गाउँपालिकाको लागि सधै हरेक कुरामा सहजीकरण गर्ने जानकारी गराए ।

तस्बिर : बिहानी मिडिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *