लागुऔषध सहित दुई जना पक्राउ

Byखवरबाटिका

१८ असार २०८१, सोमबार १३:२४ १८ असार २०८१, सोमबार १३:२४ १८ असार २०८१, सोमबार १३:२४

आँबुखैरेनी । तनहुँको आँबुखैरेनीबाट लागुऔषध सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका वडा नं. २६ बस्ने वर्ष २२ को राजन बि.क. र वडा नं. १४ बस्ने वर्ष १९ को अशोक नेपाली रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

शनिबार तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. ४ बेनिटार स्थित पृथ्वी राजमार्ग सडक खण्डमा सवारी साधनहरु चेकजाँचको लागी ड्युटीमा खटिएका प्रहरीहरुले चेकिङको क्रममा मुग्लिङबाट आँबुखैरेनी तर्फ आउदै गरेको ग १७ प ९४१७ न. को स्कुटरलाई रोकी चेकजाँच गर्ने क्रममा स्कुटरमा पछाडी सवार अशोक नेपालीले झोला भित्र लुकाई छिपाई ल्याएको नियन्त्रित लागु औषध ट्रामाडोल लेखिएको ४०० क्याप्सुल र अनार्गन ४०० क्याप्सुल फेला परेको प्रहरीले जनाएको छ ।

स्कुटर चालक राजन बि.क. र अशोक नेपालीलाई पक्राउ गरी आइतबार तनहुँ जिल्ला अदालतबाट म्याद थप अनुमती लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *