File Photo

दमौली । बाढीले बगाएर ल्याएको दाउरा मादी सेतीनदीबाट झिक्ने क्रममा आज बिहान एक जना बेपत्ता भएका छन् ।

जिल्लाको व्यास नगरपालिका-१ स्थित छाब्दी दोभानमा दाउरा तान्ने क्रममा व्यास-१ भादगाउँ स्थित निर्मलनगरका ५५ वर्षका तालबहादुर थापालाई नदीले बगाएको प्रहरीले जनाएको छ ।

छाब्दी दोभानमा बाढीले बगाएर ल्याएको दाउरा तान्दै गर्दा थापा नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । बेपत्ता थापाको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए ।

बाढीले बगाएर ल्याएको दाउरा निकाल्न नदी किनारमा आसपासका मानिसको भीड लाग्ने गर्दछ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed

     
Holler Box