सिमलताल दुर्घटनाः यस्तो छ दुई बसका यात्रुको विवरण (नामावली सहित)

Byखवरबाटिका

१ श्रावण २०८१, मंगलवार ००:०५ १ श्रावण २०८१, मंगलवार ००:०५ १ श्रावण २०८१, मंगलवार ००:०५

चितवन । गत शुक्रबार सिमलतालबाट लेदोसहितको पहिरोले बगाइ त्रिशूलीमा हराइरहेका ६५ जना यात्रुको नाम जिल्ला प्रशासन कार्यालय चितवनले सर्वाजनिक गरेको छ ।

सार्वजनिक गरिएको संख्याका आधारमा हेर्दा काठमाडौँबाट गौर जान आएको एञ्जल यातायातको बागमती प्रदेश०३–००१ख २४९५ नम्बरको बसमा ४ जना महिला र २३ जना पुरुष रहेका थिए ।

वीरगञ्जबाट काठमाडौँतर्फ गइरहेको बागमती प्रदेश०३–००६ख १५१६ नम्बरको गणपति डिलक्स बसमा ५ महिलासहित ३८ जना सवार रहेको नाम सार्वजनिक भएको छ ।

गणपति डिलक्सका ३ यात्रुले भने त्रिशूलीमा खसेको बसबाट पौडिएर ज्यान बचाएका थिए ।

चितवनका सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसालले आज बेलुका सार्वजनिक गरेको विवरणमा आफन्तले दाबी गरेका, बसको यात्रु चलानीमा उल्लेख भएका यात्रुका विवरण छन् । सार्वजनिक विवरण अनुसार १० जना भारतीय नागरिक भएको उल्लेख गरिएको छ । यद्यपि केही विवरणमा अझै अन्यौल रहेको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी शर्माले बताएका छन् ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको विवरण अनुसार सोमबार दिनभर खोजी गर्दा एउटा थप मात्रै थप शव भेटिएको छ । भने, दुईवटै बस र बाँकी ५१ जना यात्रुको अहिलेसम्म पत्ता लागेको छैन ।

प्रहरीले भेटाएको मध्ये १४ जनाको शव मध्ये ७ जनाको पहिचान खुलेर आफन्तले जिम्मा लिइसकेका छन् भने बाँकी ७ जनाको पहिचान खुलेको छैन ।

शुक्रबार भरतपुर २९ सिमलतालमा दुई वटा गुडिरहेको बसलाई पहिरोले बगाएर त्रिशूलीमा पुर्याएपछि सोही दिनदेखि तालिमप्राप्त गोताखोरसहितको टोलीले लगातार खोजी गरेका छन् ।

खोजीमा सहयोग हुने प्रविधिसहित खोजी कार्य जारी भएपनि लेदोसहितको धमिलो पानी र पानीको उच्च बहाबका कारण खोजी कार्यमा कठिनाइ भएको खोजीमा संलग्न उद्दारकर्मीहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *