प्रविधीमैत्री बन्यो शुक्लागण्डकी-८, सबै सेवाहरु सफ्टवयरबाट प्रदान गरिने

Byखवरबाटिका

४ श्रावण २०८१, शुक्रबार १३:२९ ४ श्रावण २०८१, शुक्रबार १३:२९ ४ श्रावण २०८१, शुक्रबार १३:२९

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं ८ ले प्रविधीमैत्री सेवाको शुभारम्भ गरेको छ । जनतालाई छिटो, छरितो र प्रविधीमैत्री सेवा दिने उद्धेश्यले उक्त सेवाको सुरुवात गरिएको हो ।

कोड् फयुजन टेक्नोलोजिज प्रा.लि. काठमाण्डौैको प्राविधिक सहयोग र शुक्लागण्डकी नगरपालिका वडा नं ८ को व्यबस्थापनमा यसै आ.व. देखी लागु हुने गरि असार ३ गते शुक्लागण्डकी नगरपालिका वडा नं ८ वडाध्यक्ष नारायण सिंह थापाले वेबमा आधारित दर्ता चलानी र सिफारिस व्यबस्थापन प्राणली सेवाको सुरुवात गरेको बताए ।

उक्त अवसरमा सेवाग्राहीको रुपमा पुगेका प्रथम सेवाग्राही शुक्लागण्डकी नगरपालिका वडा नं ६ बस्ने रवि के.सी ले जनतालाई सहज हुने गरि संचालनमा ल्याईएको सफ्टवयरबाट प्रदान हुने सेवाले काम छिटो छरितो रुपमा सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै यस प्रकारको सेवाले दिर्घकालसम्म निरन्तरता पाउनुपर्नेमा आफु आशावादी रहेको बताए ।

उक्त अवसरमा शुक्लागण्डकी नगरपालिका वडा नं ८ का वडा अध्यक्ष नारायण सिंह थापाले आफु जनताले सहज तरिकाले सेवा पाउनुपर्छ भन्ने पक्षमा रहेको र प्रविधिको प्रयोग गरि दिईने सेवा छिटो, छरितो, प्रविधिमैत्री र दिर्घकालसम्म पनि रेकर्ड सहजै हेर्न सकिने भएकोले यस किसिमको सेवाको शुभारम्भ गरेको बताए ।

यस किसिमको सेवाबाट नेपाल सरकारबाट मान्यताप्राप्त विभिन्न सिफारिस तथा प्रमाणितको नमुना ढाँचाको आधारमा आवश्यक व्यतिगत विवरणहरु संसोधन मात्रै गरेर छोटो समयमा सेवा दिन सकिन्छ भने सफ्टवयरबाट नै गरिएका सिफारिसहरुको दर्ता र चलानी हुने हुँदा सेवा प्रदान गरिएका सेवा, दर्ता चलानी नं हेर्न ढड्डा र फाईल पल्टाउनुपर्ने बाध्यता हटेको छ, जस्ले गर्दा समयको वचत भै धेरै सेवाग्राहीहरुको सेवा दिन सकिनेछ ।

यस किसिमको प्रविधिको जडान सँगै सेवा छिटो छरितो भएको, अनावश्यक कागजात तथा प्रिन्ट खर्च नहुने, पुरानो अभिलेखहरु सजिलै प्राप्त गर्न सकिने तथा कम जनशतिले पनि सेवा दिन सकिने भएको छ ।

वेबमा आधारित सिफारिस र दर्ता चलानीको सेवा सुरु भए सँगै वडावासीहरुले पाउने प्रविधिमैत्री सेवा सँगै शुक्लागण्डकी ८ मा डिजिटल नागरिक वडापत्र र डिजिटल डिस्प्ले वोर्ड जडान गरि सेवा यस अघि नै दिईसकिएको छ ।

जसमा सेवाग्राहीले कुन सेवा लिन आउँदा कुन कुन प्रकृया पुरा गर्नुपर्छ सवै कुरा आफै किवोर्डको सहायताले डिजिटल नागरिक वडापत्रमा हेरेर लिन सकिन्छ भने डिजिटल डिस्प्ले वोर्डको सहायताले वडा कार्यालयमा जनप्रतिनिधीको नाम सम्पर्क नं, कर्मचारीको नाम सम्पर्क नं, मिति, समय, तापक्रम मापनको साथै वडाले गरेको मुख्य मुख्य कार्यहरुको फोटो सार्वजनिक रुपमा सबै जनताले देख्ने गरि संचालनमा आएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed

     
Holler Box