व्यास नगर साइनिङ्ग स्टारको अडिसन साउन ११ र १२ गते दमौलीमा हुने

Byखवरबाटिका

५ श्रावण २०८१, शनिबार ०६:०९ ५ श्रावण २०८१, शनिबार ०६:०९ ५ श्रावण २०८१, शनिबार ०६:०९

दमौली । जेसीआई व्यास नगरले यस वर्ष पनि व्यास नगर साइनिङ्ग स्टारको आयोजना गर्नें भएको छ । शुक्रबार पत्रकार सम्मेलन गरी उक्त प्रतियोगिताको दशौँ संस्करण हुने क्लबले जनाएको छ ।

व्यास नगर क्षेत्रका ९ देखि १५ वर्ष भित्रका बालबालिकाहरुको प्रतिभा प्रष्फुटनको उत्कृष्ट प्लाटफर्मको रुपमा पहिचान बनाएको कार्यक्रम ‘व्यास नगर साइनिङ्ग स्टार’को दशौँ संस्करणको अडिसनको यही साउन ११ र १२ गते व्यास ४ स्थित कन्काई ग्लोबल एकेडमीमा आयोजना गरिने संस्थाका अध्यक्ष नविन पुरीले जानकारी दिए । ११ गते दिउँसो १ देखि ५ बजेसम्म र १२ गते बिहान १० देखि ४ बजेसम्म अडिसनको समय तोकिएको छ ।

अडिसनबाट छनोट भएका २० जना बालबालिकाहरुलाई एक महिनासम्म विभिन्न विधाका प्रशिक्षण र तालिम प्रदान गरि अन्तिम प्रतिस्पर्धा (फिनाले) गरिने मुल आयोजक समितिका संयोजक पुर्ण बिकले बताए । एक महिने प्रशिक्षण, तालिम र विभिन्न अवलोकन भ्रमण गराएपछि अन्तिममा ४ जना निर्णायकहरुको निर्णयबाट उत्कृष्ट हुने प्रतिभा व्यास नगर साइनिङ्ग स्टार घोषणा हुने उनले जानकारी दिए । प्रतियोगिताको फिनाले आगामी भदौ ८ गते गर्ने तय भएको आयोजकले जनाएको छ ।

व्यास नगर साइनिङ स्टार २०२४ को उपाधि जित्नेलाई नगद रू २५ हजार २४, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । त्यस्तै फर्स्ट रनरअपले १५ हजार, २४ र सेकेण्ड रनरअपले १० हजार २४ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने संस्थाका पूर्व अध्यक्ष माधव न्यौपानेले जानकारी दिए ।

उनका अनुसार प्रतियोगितामा बेस्ट पर्सनालिटी, बेस्ट वाल्क, बेस्ट फोटोजेनिक, बेस्ट ट्यालेन्ट, बेस्ट स्माइल, बेस्ट डे«स, बेस्ट अनुशासन, बेस्ट प्रोजेक्ट वर्क, बेस्ट भ्युवर च्वाइस र बेस्ट कन्ट्रिव्युसन गरी १० वटा विधागत अवार्डहरू पनि रहेका छन् ।

‘व्यास नगर साइनिङ्ग स्टार’ विशुद्ध बालबालिकाको प्रतिभा प्रष्फुटनको उद्देश्य राखेर आयोजना गरिदै आएको कार्यक्रम भएकाले बालबालिकालाई टिकट विक्री लगायतका बाध्यता नरहेको पनि न्यौपानेले सोही अवसरमा स्पष्ट पारे । साथै सबै विद्यालय उमेरका बालबालिका सहभागी हुने भएकाले बालबालिकाको पठनपाठन प्रभावित नहुने गरि तालिमका लागि बेलुकाको समय प्रयोग गरिदै आएको पनि उनले बताए ।

बालबालिकाको अन्तरनिहीत प्रतिभा प्रस्फुटन गराउँदै व्यक्तित्व र नेतृत्व विकास, शारीरिक तन्दुरुस्ती, कला संस्कृति लगायत विविध समसामयिक विषयको ज्ञान प्रदान गर्ने उद्देश्य राखेर जेसीआई व्यास नगरले सन् २०१३ देखि निरन्तर व्यास नगर साइनिङ स्टार प्रतियोगिता आयोजना गर्दै आइरहेको पूर्व अध्यक्ष श्रीकृष्ण सुनारले बताए । समाजका विभिन्न व्यक्तित्वहरुबाट प्रतियोगिताबारे सकारात्मक प्रतिक्रिया पाएकाले पनि निरन्तरता दिन प्रोत्साहन मिलेको उनले बताए ।

त्यस्तै ‘व्यास नगर साइनिङ्ग स्टार’ २०२३की विजेता सदिक्षा राना मगरले व्यक्तित्व बिकासमा प्रतियोगिताले मदत मिलेको बताइन् । आत्मविश्वास बढाउन तथा धेरै समसामयिक बिषयका ज्ञान हासिल गर्ने क्षमताको पनि बिकास भइरहेको भन्दै उनले आयोजक प्रति आभार व्यक्त गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *