भगवती न्यौपाने राष्ट्रिय सभामा सत्तापक्षको मुख्य सचेतक नियुक्त

Byखवरबाटिका

८ श्रावण २०८१, मंगलवार ०५:२९ ८ श्रावण २०८१, मंगलवार ०५:२९ ८ श्रावण २०८१, मंगलवार ०५:२९

काठमाडौं । राष्ट्रिय सभामा नेकपा एमालेकी सांसद भगवती न्यौपाने राष्ट्रिय सभामा सत्तापक्षको मुख्य सचेतकमा नियुक्त भएकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीले गत साउन ३ गतेदेखी लागु हुने गरि न्यौपानेलाई राष्ट्रिय सभाको सत्तापक्षको मुख्य सचेतकमा नियुक्त गरेका हुन् ।

राष्ट्रिय सभा नियमावली, २०७५ को नियम २ को खन्ड (न) बमोजिम साउन ३ गतेदेखी लागुहुने गरि संघिय संसद राष्ट्रिय सभामा सत्तापक्षको मुख्य सचेतक तोकेको प्रधानमन्त्री ओलीको पत्रमा उल्लेख छ ।

न्यौपाने यसअघि नेकपा एमाले राष्ट्रिय सभा दलको मुख्य सचेतक थिइन् ।

  • Beta

Beta feature

Leave a Reply

Your email address will not be published. Required fields are marked *