लायन्स तनहुँ दमौलीले मनायो चार्टर नाइट

Byखवरबाटिका

१० श्रावण २०८१, बिहीबार १५:५५ १० श्रावण २०८१, बिहीबार १५:५५ १० श्रावण २०८१, बिहीबार १५:५५

दमौली । लायन्स क्लब अफ तनहुँ दमौलीले चार्टर नाइट मनाएको छ ।

कार्यक्रमको प्रमुख अतिथि लायन्स जिल्ला ३२५ एल नेपालका वर्ष २४/२५ का सुमन भट्टा र विशिष्ट अतिथि क्याबिनेटका कोषाध्यक्ष लायन सुधीर शर्मा रहेका थिए।

कार्यक्रमको सभापतित्व क्लबका अध्यक्ष रनिल रोकाले गरेका थिए।

प्रमुख अतिथि भट्टाले लायन्स इन्टरनेशनल र जिल्लाका गतिविधिहरूका बारेमा बोलेका थिए ।

क्लबका प्रथम उपाध्यक्ष वसन्त जिसिले स्वागत मन्तव्य राखेका थिए भने जोन चेयर पर्सन सरोज भण्डारी, लायन्स क्लब अफ तनहुँ व्यास सिटीका अध्यक्ष एक प्रसाद श्रेष्ठ, रिजन १६ की चेयरपर्सन विमला श्रेष्ठ, जिल्ला सह-प्रमुख सल्लाहकार चूडामणि दाहाल, कार्यकारी प्रमुख राजकुमार श्रेष्ठलगायतले शुभकामना मन्तव्य राखेका थिए।

कार्यक्रमको संचालन क्लबका सचिव सन्तोष जमरकट्टेलले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed

     
Holler Box