लायन्स तनहुँ दमौलीद्वारा मानुङकोटमा वृक्षारोपण

Byखवरबाटिका

१२ श्रावण २०८१, शनिबार १७:५० १२ श्रावण २०८१, शनिबार १७:५० १२ श्रावण २०८१, शनिबार १७:५०

दमौली । लायन्स क्लब अफ तनहुँ दमौलीले व्यास-५ मानुङकोटमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमको सभापतित्व क्लब अध्यक्ष रनिल रोकाले गरेका थिए भने प्रमुख अतिथि व्यास ५ का वडा अध्यक्ष विष्णु कुमार श्रेष्ठ, विशिष्ट अतिथि लाइन्स डिपार्टमेन्ट चिफ राजकुमार श्रेष्ठ लगायत डिस्ट्रीक लायन बसन्त गिरी, जोन चेयर पर्सन सरोज भण्डारी र छिमेकी क्लब अध्यक्ष एक प्रसाद श्रेष्ठले वृक्षारोपण कार्यक्रमको सफलताको बारेमा बोलेका थिए।

कार्यक्रममा छिमेकी क्ल्ब लायन्स क्ल्ब अफ तनहुँ ब्यास सिटिका सदस्य तथा लायन्स क्लब अफ तनहुँ डुम्रेका पदाधिकारी र सदस्यको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सन्चालन क्लब सचिव सन्तोष जमरकट्टेलले गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *