नेपाल खेलकुद पत्रकार मञ्च तनहुँ गठन, अध्यक्षमा वाग्ले

Byखवरबाटिका

१२ श्रावण २०८१, शनिबार २०:०१ १२ श्रावण २०८१, शनिबार २०:०१ १२ श्रावण २०८१, शनिबार २०:०१
भन्सार । तनहुँको भानु नगरपालिका–१ भन्सारमा शनिबार बसेको पत्रकारको भेलाले नेपाल खेलकुद पत्रकार मञ्च तनहुँ गठन गरेको छ ।
नेपाल पत्रकार महासंघ तनहुँका उपाध्यक्ष डिपि अधिकारीको अध्यक्षता र भानु नगरपालिकाका मेयर आनन्दराज त्रिपाठीको प्रमुख आतिथ्यतामा बसेको बैठकले पत्रकार मदन वाग्लेको अध्यक्षतामा १३ सदस्यीय नेपाल खेलकुद पत्रकार मञ्च तनहुँ गठन गरेको हो ।
समितिको उपाध्यक्षमा पूर्ण विक, सचिवमा उपेन्द्र खनाल, कोषाध्यक्षमा मिला दरै र सहसचिवमा सुदीप पौडेल रहेका छन् । त्यस्तै समितिको सदस्यहरुमा मनोज कुमार श्रेष्ठ, राजेश कार्की, करिस्मा गुरुङ, हरि खरेल, राम बहादुर धामी, सरेश सेन्चुरी, मिलन तामाङ र डिपी अधिकारी रहेका छन् ।
सोही भेलाले जिल्लाका विभिन्न स्थानीय तहहरुसँग समन्वय गरी खेलकुद प्रवद्र्धनको विभिन्न कार्यक्रम गर्न प्रस्ताव लैजाने निर्णय गरिएको मञ्चका अध्यक्ष वाग्लेले बताए ।
 सोही भेलाले संस्थाका अध्यक्ष वाग्ले र कोषाध्यक्ष मिला दरैको संयुक्त दस्तखतबाट सञ्चालन हुने गरी सांग्रिला विकास बैंक दमौली शाखामा खाता खोल्ने निर्णय समेत गरेको उपाध्यक्ष विकले बताए । तनहुँ जिल्लामा क्रियाशील पत्रकारहरुले लामो समयको गृहकार्य पश्चात खेलकुद पत्रकार मञ्च तनहुँ गठन गरेका हुन् ।
मञ्चले जिल्लामा क्रियाशील पत्रकारहरुलाई दक्षता हासिल गर्न विभिन्न किसिमका खेलकुदका तालिम गराउने लक्ष्य समेत लिएको छ ।
यसैबीच डुम्रेका समाजसेवी मानकाजी श्रेष्ठले नेपाल पत्रकार महासंघलाई फुटबल ड्रेस उपलब्ध गराएको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *