सिमलताल घटनामा सङ्घीय सरकार गम्भीर देखिएन : सांसद श्रेष्ठ

Byखवरबाटिका

१५ श्रावण २०८१, मंगलवार १२:५२ १५ श्रावण २०८१, मंगलवार १२:५२ १५ श्रावण २०८१, मंगलवार १२:५२

बारा । पूर्व मन्त्री तथा बारा निर्वाचन क्षेत्र नं ४ का सङ्घीय सांसद किसान श्रेष्ठले चितवनको सिमलतालमा भएको बस दुर्घटनामा हराइरहेका व्यक्तिको खोजीमा सङ्घीय सरकार गम्भीर नदेखिएको आरोप लगाएका छन् ।

वीरगन्ज महानगरपालिका वडा नं ३१ वेलुवामा हुलास स्टिल प्रा.लिले बनाएको नयाँ प्लान्ट उद्घाटन कार्यक्रममा बोल्दै सांसद श्रेष्ठले सिमलताल घटनाले अहिले मधेस रोइरहेको टिप्पणी गरे ।

‘यदि त्यो दुईवटा बसमा मधेस र मधेसीको मात्रै मृत्यु नभएको भए नेपाल सरकारले अहिलेसम्म केही गथ्र्याे होला, तर मधेसका जनता भएकै कारण सङ्घीय सरकार घटनाप्रति गम्भीर देखिएको छैन’ सङ्घीय सांसद श्रेष्ठले भने ‘सो घटनामा मृतक परिवारका लागि अव सरकारले प्याकेज सहितको क्षतिपूर्तिको व्यवस्था गर्नुपर्छ ।’

पूर्व मन्त्री समेत रहेका रहेका श्रेष्ठले हुलास स्टिल प्राा.लिले अर्बको लगानी गरेर नयाँ प्रविधि मार्फत नेपालमै पहिलो पटक विद्युतीय तार, दूरसञ्चारको टावर, हाईमाक्स लाइट बनाउने काम सुरु गर्नु सराहनीय कार्य भएको बताए । उनले बारा पर्सा औद्योगिक करिडोरका उद्योगहरूले विद्युत् प्राधिकरणलाई बुझाउन बाँकी बक्यौता रकम प्रक्रिया पुर्‍याएर बुझाउन सुझाव दिएका छन् ।

‘विद्युत् प्राधिकरणले तानासाही ढङ्गले उद्योगहरूको लाइन काटेर पैसा उठाउन खोज्नु गलत भएको हो, तर उद्योगहरूले पनि बाँकी बक्यौता छ भने प्रक्रिया पुर्‍याएर तिर्नुपर्छ’ उनले भने ‘अहिले कुनै पनि किसानको घरमा १ महिनामा महसुल नबुझाउने बित्तिकै लाइन काटिन्छ, तर उद्योगी भन्ने बित्तिकै निःशुल्क हुनुपर्छ भन्ने छैन तर प्रक्रिया पुर्‍याएर जानुपर्छ भन्ने हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *