भानु महिला उद्यमी समितिले तिज गीत तथा नृत्य प्रयोगिता गर्ने

Byखवरबाटिका

१७ श्रावण २०८१, बिहीबार १३:४४ १७ श्रावण २०८१, बिहीबार १३:४४ १७ श्रावण २०८१, बिहीबार १३:४४

भानु । तनहुँको भानु महिला उद्यमी समितिले तिज गीत तथा नृत्य प्रयोगिता गर्ने भएको छ ।

भानु नगर उद्योग वाणिज्य संघ भानु महिला उद्यमी समितिले भदौ १५ गते महिलाहरुको महान पर्व हरितालिका(तिज)को अवसरमा खुल्ला तिज गित तथा नृत्य गर्ने समितिका अध्यक्ष पुनु माया श्रेष्ठले जानकारी दिईन ।

उक्त प्रतियोगितामा प्रथम हुनेले ३५ हजार, दित्तिय हुनेले २५ हजार, तृतियले १५ हजार, सान्तवना दुई टिमलाई ५/५ हजार, उत्कृष्ट नृत्यलाई ५ हजार र प्रत्येक सहभागि टिमलाई १/१ हजारका दरले पुरस्कार दिने समितिका अध्यक्ष श्रेष्ठले जानकारी दिईन |

कार्यक्रमका प्रमुख अतिथि भानु नगर प्रमुख आनन्द राज त्रिपाठीले भानु नगर उद्योग वाणिज्य संघ भानु महिला उद्यमी समितिले आयोजना गर्न लागेको खुल्ला तिज गित तथा नृत्य प्रतियोगिताले नेपाली नारीहरुको महत्वपूर्ण दिन जून देश तथा विदेशमा चलिआएको सामाजिक परिवेश एवं सांस्कृतिक परम्परालाई जगेर्ना तथा महिलाको उत्थानको लागि भानु नगरपालिकाले सहजीकरण गर्ने बताए ।

कार्यक्रममा भानु १ का वडाध्यक्ष कान्छीमाया तामाङ, भानु नगर उद्योग वाणिज्य संघ अध्यक्ष कृष्ण कुमार श्रेष्ठ लगाएतको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *