रोटरी दमौलीको पदस्थापना: अध्यक्षमा जीवनकुमार

Byखवरबाटिका

२० श्रावण २०८१, आईतवार ११:०४ २० श्रावण २०८१, आईतवार ११:०४ २० श्रावण २०८१, आईतवार ११:०४

दमौली । रोटरी क्लब अफ दमौलीको २४औं पदस्थापना कार्यक्रम शनिबार दमौलीमा सम्पन्न भएको छ । पदस्थापनासँगै रोटरी क्लब अफ दमौलीका वर्ष २०२४-२५ का अध्यक्ष जीवनकुमार श्रेष्ठले पदभार ग्रहण गरेका छन् ।

कार्यक्रममा वर्ष २०२३-२४ का अध्यक्ष रमेशकुमार श्रेष्ठले वर्ष २०२४-२५ का अध्यक्ष श्रेष्ठलाई सम्पुर्ण जिम्मेवारी हस्तान्तरण गरेका हुन् ।

साथै अध्यक्ष श्रेष्ठलाई कार्यक्रमका प्रमुख अतिथि रोटरी डिष्ट्रिक ३२९२ नेपाल भुटानका डिष्ट्रिक गभर्नर इलेक्ट बिनोद कोइरालाले कोलार लगाइदिएका थिए भने ग्याभल तथा हमर निवर्तमान अध्यक्ष रमेशकुमार श्रेष्ठले र चार्टर सर्टिफिकेट संस्थापक अध्यक्ष रामचन्द्र पोख्रेलले हस्तान्तरण गरेका थिए ।

अध्यक्ष श्रेष्ठलाई असिस्टेन्ट गभर्नर विशाल राना मगरले सपथ गराएका थिए भने अन्य पदाधिकारी तथा सदस्यलाई अध्यक्ष श्रेष्ठले सपथ ग्रहण गराएका थिए ।

कार्यक्रममा बोल्दै रोटरी डिष्ट्रिक ३२९२ नेपाल भुटानका डिष्ट्रिक गभर्नर इलेक्ट बिनोद कोइरालाले स्वार्थरहित सामाजिक सेवामा लाग्दा आत्मसन्तुष्टि मिल्ने गरेको बताए ।

सबैले सम्मान र स्यावास् दिने काम गर्न सके मात्र रोटरीको गरिमा र प्रतिष्ठा माथि उठ्ने उनको भनाइ थियो ।

साथै रोटरी इन्टरनेशनलको कार्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्न नवनिर्वाचित अध्यक्ष श्रेष्ठलाई आग्रह गरे ।

आफ्नो व्यस्तताकाबीच समाजसेवाका लागि समय निकालेर अघि बढ्नु नै रोटरीयनहरुको धर्म र कर्तव्य रहेको भन्दै उनले समयको माग अनुसारका कार्यक्रमहरु ल्याउन सक्नुपर्ने बताए । साथै अन्य देशका रोटरीयनहरुसँग सम्बन्ध स्थापित गरि सहकार्य र समन्वय गर्ने योजनाहरु ल्याउन पनि कोइरालाले अनुरोध गरे ।

सोही अवसरमा असिस्टेन्ट गभर्नर विशाल राना मगरले रोटरी क्लव अफ दमौलीले बिगदेखि गर्दै आएको कामको प्रशंसा गर्दै अबको नेतृत्वले थप रचनात्मक र प्रभावकारी काम गर्ने विश्वास व्यक्त गरे । साथै रोटररीको थिम अनुसारका काम गर्न उनले सुझाए ।

त्यस्तै रोटरी दमौलीका संस्थापक अध्यक्ष रामचन्द्र पोख्रेलले सन् २००० मा दमौली क्षेत्रमा समाजिक काम गर्न संगठित भएको क्लबले आज समाजमा उत्कृष्ट कार्य गर्न सफल भएको भन्दै खुशी व्यक्त गरे ।

क्लबका अध्यक्ष जीवनकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रोटरी डिष्ट्रिक ३२९२की सहसचिव लक्ष्मी थापा गिरी,रोटरी क्लब अफ गोरखाका पूर्व अध्यक्ष नकुल थापा, जेसिआइ व्यास नगरका अध्यक्ष नविन पुरी, इनरब्हिल डिष्ट्रिक ३५०की सदस्य निर्मला मल्ल, रोट्र¥याक्ट क्लब अफ दमौलीका अध्यक्ष रवि अधिकारी, रोट्र¥याक्ट क्लब अफ भानुकी अध्यक्ष सकिना खातुन, इनरब्हिल क्लब अफ दमौलीकी अध्यक्ष नारायणी मल्ल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

पदभार ग्रहण गर्दै अध्यक्ष श्रेष्ठले रोटरी क्लव अफ दमौलीले यस बर्ष अगाडि सारेका योजनाको जानकारी दिँदै शिक्षा,स्वास्थ्य, वातावरण र खानेपानी लगायतका कार्यक्रमलाई बढी प्राथमिकता दिने जानकारी दिए । एउटा प्रतिष्ठित संस्थाको नेतृत्व गर्ने जिम्मेवारी पाएको बताउदै श्रेष्ठले आफ्नो कार्यकालमा क्लवमा उत्कृष्ट र रचनात्मक कार्य गर्ने प्रतिवद्धता जनाए ।

सोही अवसरमा निवर्तमान अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेका थिए । साथै उनले आफ्नो कार्यकालमा भएका सामाजिक एवं रचनात्मक कार्यको बारेमा जानकारी गराउदै आगामी नेतृत्वलाई शुभकामना दिएका थिए ।

कार्यक्रममा क्लबकी प्रेसिडेन्ट इलेक्ट बिणा कैनीले स्वागत गरेकी थिइन भने, प्रेसिडेन्ट नोमिनी नारायण मल्लले धन्यवाद व्यक्त गरेकि थिइन । कार्यक्रम क्लबका सचिव शान्तराम न्यौपानेले संचालन गरेका थिए ।

सोही अवसरमा रोटरी क्लब अफ दमौलीको नियमित प्रकाशन रोटरी कोसेलीको विमोचन गरिएको थियो । साथै क्लबले तनहुँको विभिन्न ठाउँका सफल व्यवसायिलाई रोटरी व्यवसायिक सम्मान प्रदान गर्दै आएकोमा यस वर्ष व्यास–११ स्थित गण्डकी नेपाल इन्भेष्टमेन्ट कम्पनीका सञ्चालक भवगती जिसीलाई प्रदान गरिएको छ ।

जीवनकुमार श्रेष्ठको नेतृत्वमा रहेको २०२४–२५ कार्यकालमा निवर्तमान अध्यक्ष रमेशकुमार श्रेष्ठ, प्रेसिडेन्ट इलेक्ट बिना कैनी, प्रेसिडेन्ट नोमिनी नारायण मल्ल, सचिव शान्तराम न्यौपाने, उपाध्यक्ष हरिबहादुर कार्की, उपाध्यक्ष एवम् कोषाध्यक्ष योगिता श्रेष्ठ, सहसचिव सुभाष गौतम, सह– कोषाध्यक्ष नविन श्रेष्ठ चयन भएका छन् ।

त्यस्तै क्लब एडमिनिस्ट्रेसन चियर दिनेशकुमार श्रेष्ठ, मेम्वरसिप चियर तारालाल मल्ल, पब्लिक इमेज चियर सुर्ज कुमार मल्ल, सर्भिस प्रोजेक्ट चियर इमकुमार मल्ल, टिआरएफ चियर रजिनलाल श्रेष्ठ, युथ सर्भिस चियर चन्द्रावति हड्खले, एडिक्सन प्रोटेक्सन चियर हरि गहतराज, एसएए दधिराज घिमिरे, इनभाएरोमेन्ट चियर देबराज अधिकारी, इडिटर दामोदर भण्डारी, आइटि अफिसर अश्विन किशोर श्रेष्ठ, क्लब ट्रेनर हरिसिं गुरुङ र टिच चियर महेन्द्र न्यौपने र मिडिया कोर्डिनेटर सुनिता आचार्य रहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *