दमौली । आज ३०औं विश्व आदिवासी दिवस मनाइएको छ । तनहुँको दमौलीमा आदिवासी तथा जनजातिका विभिन्न संस्थाहरूले र्याली निकालेका छन् ।
उनीहरूले आफ्नो परम्परा र संस्कृति झल्कने पहिरन र गरगहना लगाएर बाजागाजा तथा नाचगानसहित दिवस मनाए ।
व्यास-३ अन्सन चोकबाट सुरू भएको र्याली खुल्ला मैदानमा कार्यक्रममा परिणत भएको छ ।
नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् व्यास नगरपालिकाको आयोजनामा र्याली निकालिएको हो ।