भानु कपको फाइनलमा लिभिक शुक्ला र च्याङ्ली स्पोर्ट क्लब भिड्ने

Byखवरबाटिका

२६ श्रावण २०८१, शनिबार २०:२७ २६ श्रावण २०८१, शनिबार २०:२७ २६ श्रावण २०८१, शनिबार २०:२७

भानु । तनहुँ जिल्लाको सर्वाधिक पुरस्कार राशीको १७औं भानु कप फुटबल प्रतियोगिताको फाइनलमा लिभिक कन्ट्रक्सन शुक्ला र च्याङ्ली स्पोर्ट क्लब गोर्खा भिड्ने भएका छन् ।

शनिबार भएको सेमीफाइनल खेलमा लिभिक कन्ट्रक्सन शुक्लाले फ्रेण्डसिप युवा क्लब भानु ३ खहरेलाई १–० गोलअन्तरले हराउँदै लिभिकले फाईनलको यात्रा तय गरेको हो ।

उक्त खेलमा म्यान अफ द म्याच लिभिक कन्ट्रक्सन जर्सी न.४ सङ्गम ठकुरी घोषित भए।

 

दोस्रो सेमिफाइनल खेलमा च्याङ्ली स्पोर्ट क्लब गोर्खाले २-० को गोलको अन्तरमा सुर्यपुर एफसी चितवनलाई हराउँदै फाईनलमा पुगेको कार्यक्रमका संयोजक विष्णु अधिकारीले जानकारी दिए ।

उक्त खेलमा म्यान अफ द म्याच च्याङली स्पोर्टस क्लब गोर्खाका जर्सी न १ गोल रक्षक केशर कोइराला घोषित भए ।

फाईनल खेल भोलि २ बजे शुरु हुने र अवसरमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व वनमन्त्री एवं साँसद शंकर भण्डारीको प्रमुख आतिथ्यतामा कार्यक्रम हुने प्रचारप्रसार समितिका संयोजक सुभाष सापकोटाले बताए ।

नाईन ए साईडको फूटबल प्रतियोगिता १९ साउनदेखी सुरु भई २७ गते आईतबार समापन हुनेछ ।

भानुलाई राष्ट्रिय रुपमा चिनाउने उद्देश्यले प्रतियोगिता गरिएको खेल संयोजक भरत बानियाँले जानकारी दिए ।

भानुकप २०५९ साल देखि शुरु भएको भएपनि कोभिडका कारण केही समय रोकिएको थियो । अहिले अवस्था सहज भएपछि प्रतियोगितालाई निरन्तरता दिइएको भन्सार युवा क्लबका अध्यक्ष अर्जुन कुमार श्रेष्ठले बताए ।

खुल्ला नकआउट फुटबल प्रतियोगिताका लागि विभिन्न संघ संस्था र समाजसेवीहरुबाट आर्थिक सहयोग आउने क्रम जारी रहेका आर्थिक संयोजक सोम तामाङले जानकारी दिए ।

भन्सार युवा परिवार, सालबिस्ने र भिमसेन युवा क्लबको संयुक्त आयोजनामा फुटबल प्रतियोगिता संचालन गरिएको हो ।

प्रतियोगितामा प्रथम हुने टिमले २ लाख ५० हजार २११ रुपैयाँ नगद सहित मेडल,ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

त्यस्तै दित्तिय हुनेले एक लाख २५ हजर २११ रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ ।

सेमीफाईनलमा पुग्ने २ टिमलाइ २५ हजार २ सय ११ र प्रमाणपत्र, उत्कृष्ट खेलाडीलाई नगद रु ५ हजार २११ ट्रफी, मेडल, प्रमाणपत्र , उत्कृष्ट गोल रक्षकलाई नगद रु ५ हजार २ सय ११ ट्रफी, मेडल, प्रमाणपत्र, सर्बाधिक गोलकर्तालाई नगद ५ हजार २ सय ११ र ट्रफी, मेडल, प्रमाणपत्र प्रदान गरिने प्रचार प्रसार समितिका राजेश कार्कीले जानकारी दिए ।

उनका अनुसार अनुशासित टिमलाई उचित पुरस्कार साथै प्रत्येक खेलमा म्यान अफ दि म्याचको घोषणा गरिएको छ ।

प्रतियोगितामा २४ टिमको सहभागिता रहेको प्रचार प्रसार समितिका सदस्य कार्कीले जानकारी दिए ।

त्यसैगरी आईतबार हुने छेलो तर्फ प्रथम पुरस्कार ६ हजार २ सय ११ र प्रमाणपत्र र बाघचाल तर्फ प्रथम पुरस्कार ६ हजार २ सय ११ र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *