च्याङ्ली स्पोर्ट क्लब गोरखाले जित्यो भानु कपको उपाधि

Byखवरबाटिका

२७ श्रावण २०८१, आईतवार २१:०७ २७ श्रावण २०८१, आईतवार २१:०७ २७ श्रावण २०८१, आईतवार २१:०७

भानु । तनहुँ जिल्लाको सर्वाधिक पुरस्कार राशीको १७औं भानु कप फुटबल प्रतियोगिताको उपाधि च्याङ्ली स्पोर्ट क्लब गोरखाले जितेको छ ।

आईतबार भएको फाइनल खेलमा लिभिक कन्ट्रक्सन शुक्लालाई १-० गोल अन्तरले हराउँदै च्याङ्ली स्पोर्ट क्लब गोरखा यस वर्षको च्याम्पियन बनेको हो ।

खेलको पहिलो हाफमा कुनै गोल नभए पनि दोस्रो हाफको पाँचौं मिनेटमा च्याङ्ली स्पोर्ट क्लबका जर्सी नं. ५ का बिमल ठोकरको गोलले नै च्याङ्ली स्पोर्ट क्लबले उपाधि उचालेको हो ।

च्याम्पियन च्याङ्लीले सेमिफाइनल खेलमा सुर्यपुर एफसी चितवनलाई २-० को गोल अन्तरमा हराउँदै फाईनलको यात्रा तय गरेको थियो ।

विजेता टिमले २ लाख ५० हजार २११ रुपैयाँ नगद सहित शिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको प्रचार प्रशार समितिका संयोजक सुभाष सापकोटाले बताए ।

यता लिभिक कन्ट्रक्सन शुक्ला भने उपविजेता मै चित्त बुझाउन बाध्य भएको छ ।

उपविजेता शुक्लाले एक लाख २५ हजर २११ रुपैयाँ सहित शिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।

नाईन ए साईडको फुटबल प्रतियोगिता १९ साउनदेखी सुरु भई २७ गते आईतबार समापन भएको छ ।

भानुलाई राष्ट्रिय रुपमा चिनाउने उद्देश्यले प्रतियोगिता गरिएको खेल संयोजक भरत बानियाँले जानकारी दिए । भानु कप २०५९ साल देखि शुरु भएको भएपनि कोभिडका कारण केही समय रोकिएको थियो ।

अहिले अवस्था सहज भएपछि प्रतियोगितालाई निरन्तरता दिइएको भन्सार युवा क्लबका अध्यक्ष अर्जुन कुमार श्रेष्ठले बताए ।

भन्सार युवा परिवार, सालबिस्ने र भिमसेन युवा क्लबको संयुक्त आयोजनामा फुटबल प्रतियोगिता संचालन गरिएको हो ।

सेमीफाईनलमा पुग्ने २ टिम फ्रेण्डसिप युवा क्लब भानु ३ खहरे र सुर्यपुर एफसी चितवनलाई २५ हजार २ सय ११ र प्रमाणपत्र प्राप्त गरेका छन् ।

उत्कृष्ट खेलाडी लिभिक कन्ट्रक्सन शुक्लाका जर्सी न.४ सङ्गम ठकुरी घोषित भए । उनले नगद रु ५ हजार २११ ट्रफी,मेडल, प्रमाणपत्र प्राप्त गरे, उत्कृष्ट गोलरक्षक च्याङ्लीका जर्सी न १ गोल रक्षक केशर कोइराला घोषित भएको मुल समारोह समितिका संयोजक विष्णु अधिकारीले जानकारी दिए ।

सर्वाधिक फ्रेण्डसिपका विदेशी खेलाडि रिर्चाज वीसनले नगद रु ५ हजार २ सय ११ ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गरे उनले खेल अवधिभर ४ गोल गरेका थिए ।

अनुशासित टिम सुर्यपुर एफसी चितवन भएको छ । प्रतियोगितामा २४ टिमको सहभागिता रहेको प्रचारप्रसार समितिका सदस्य राजेश कार्कीले जानकारी दिए ।

त्यसैगरी छेलो प्रतियोगिता तर्फ सन्तोष कँडेलले प्रथम पुरस्कार ६ हजार २ सय ११ र प्रमाणपत्र र बाघचाल तर्फ शंकर न्यौपानेले प्रथम पुरस्कार ६ हजार २ सय ११, प्रमाणपत्र प्राप्त गरेको आयोजकले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *