तनहुँको ऐना पहरा बस दुर्घटनाप्रति माओवादीका अध्यक्ष प्रचण्डद्वारा दुःख व्यक्त

Byखवरबाटिका

७ भाद्र २०८१, शुक्रबार १६:०१ ७ भाद्र २०८१, शुक्रबार १६:०१ ७ भाद्र २०८१, शुक्रबार १६:०१

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तनहुँको आँबुखैरेनी स्थित ऐना पहरामा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेको उद्धार र उपचारलाई प्रभावकारी बनाउन आग्रह गरेका छन् ।

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रचण्डले दुःख व्यक्त गर्दै भनेका छन्, ‘तनहुँको आँबुखैरेनीस्थित ऐना पहाराबाट मर्स्याङ्दी नदीमा यात्रुवाहक बस खस्दा भएको ठुलो मानवीय क्षतिले स्तब्ध बनाएको छ । घटनाप्रति दुःख व्यक्त गर्दै थप मानवीय क्षति हुन नदिन घाइतेहरूको शीघ्र उद्वार र प्रभावकारी उपचारका लागि सरकारसहित सबै पक्षको ध्यानाकर्षण गराउन चाहन्छु ।’

मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै प्रचण्डले पछिल्लो समय बढिरहेका सवारी दुर्घटना न्यूनीकरणका लागि लाग्न सबै पक्षलाई आग्रह पनि गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *