तीन वटा बसमा आएका थिए भारतीय पर्यटक, जसमध्ये एउटा बस ऐनापहराबाट मर्स्याङ्दीमा खस्यो

Byखवरबाटिका

७ भाद्र २०८१, शुक्रबार १८:२३ ७ भाद्र २०८१, शुक्रबार १८:२३ ७ भाद्र २०८१, शुक्रबार १८:२३

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी २ ऐनापहरामा शुक्रबार भारतीय बस मर्स्याङ्दी नदीमा खस्दा कम्तीमा १८ जनाको मृत्यु भएको छ । दुर्घटना भएको उक्त बससँगै नेपाल भ्रमणका लागि अन्य दुई बस पनि आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतको महाराष्ट्र राज्यबाट आएका पर्यटकहरूले उत्तर प्रदेशको गोरखपुरबाट बस रिजर्भ गरेको बताइएको छ । एक साथ तीन वटा बसमा भारतीय पर्यटक नेपाल भ्रमणका लागि आएका थिए ।

दुर्घटना भएको बसमा सवार सबै यात्री महाराष्ट्रको भुसावल सहर आसपासका रहेको जनाइएको छ । दुर्घटना भएको बस गोरखपुरको केसरवानी ट्राभल्सको हो । उक्त बसका सञ्चालक विष्णु शंकर केसरवानीका अनुसार गोरखपुरबाट यात्रीहरूले दुई ठुला (भोल्भो) र एउटा मिनी ट्राभलर बस रिजर्भ गरेका थिए ।

उनीहरू प्रयागराजबाट चित्रकुट, अयोध्या हुँदै गोरखपुरबाट नेपालतर्फ प्रस्थान गरेका थिए । उनीहरू शुक्रबार पोखराबाट काठमाडौँका लागि प्रस्थान गर्ने क्रममा दुर्घटनामा परेका हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *