आँबुखैरेनीको ऐनापहरा बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या २७ पुग्यो, १६ जना घाइते

Byखवरबाटिका

७ भाद्र २०८१, शुक्रबार १९:०३ ७ भाद्र २०८१, शुक्रबार १९:०३ ७ भाद्र २०८१, शुक्रबार १९:०३

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका-२ स्थित ऐनापहरा नजिक भएको बस दुर्घटनामा परी २७ जना यात्रुको मृत्यु भएको छ । शुक्रबार पोखराबाट काठमाडौंका लागि बस साढे ११ बजेको समयमा सो स्थानमा दुर्घटना भएको थियो ।

सो दुर्घटनामा परी बसमा सवार ४३ मध्ये २७ जनाको मृत्यु भएको छ भने अन्य १६ जना घाइते रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रहरी नायव निरीक्षक सन्तोष पौडेलले जानकारी दिए ।

मृत्यु हुने सबैको शव आँबुखैरेनी गाउँपालिकामा राखिएको छ भने दुर्घटनार अवस्थाबारे भारतीय राजदूतावासमार्फत पनि जानकारी गराइएको छ ।

उनका अनुसार घाइतेहरुलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ । उनीहरूको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

भदौ ४ गते बेलहिया नाकाबाट ८ दिनको रुट परमिट लिएर नेपाल भित्रिएको थियो । उनीहरु २ दिन पोखराको स्पोर्ट्स होटलमा बसेर काठमाडौं हिँडेको थिए ।उनीहरू सवार यूपी ५३ एफटी ७६२३ नम्बरको बस शुक्रबार बिहान साढे ११ बजे मर्स्याङ्दी नदी किनारमा खसेको थियो ।

प्रहरीका अनुसार बसमा सवार सबै यात्रुहरु भारतीय हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *