पोखरामा पोस्टमार्टम गरेर आँबुखैरेनीको ऐनापहरा बस दुर्घटनाको मृतकको शव बुझाइने

Byखवरबाटिका

७ भाद्र २०८१, शुक्रबार १९:१७ ७ भाद्र २०८१, शुक्रबार १९:१७ ७ भाद्र २०८१, शुक्रबार १९:१७

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका-२, ऐनापहरा नजिकैबाट मर्स्याङ्दी नदीमा बस खसेर मृत्यु भएका भारतीय नागरिकको पोखरामा पोस्टमार्ट गरेर परिवारलाई शव बुझाइने भएको छ ।

४३ जना भारतीय पर्यटक सवारी बस ऐना पहरा नजिकैबाट मस्र्याङ्दी नदीमा खस्दा मृत्यु हुनेको संख्या २७ जना पुगेको छ । १६ जनालाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ ।

तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार दुर्घटनामा मृत्यु भएका २७ जना शवको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टम गरेर आफन्त तथा परिवारलाई बुझाइने छ । शव पोखरा पठाउने तयारी भइरहेको उनले बताए ।

तनहुँको दमौलीमै पोस्टमार्टम हुने भएपनि भारतीय दूताबासको आग्रहमा पोखरा पठाउन लागिएको हो । पोखरामा भारतीय दूताबासको कन्सुलर कार्यालय रहेकाले पनि उनीहरुले ल्याउन चाहेको बताइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *