दमौली । जिल्ला प्रहरी कार्यालय तनहुँले शुक्रबार भएको दुर्घटनामा ज्यान गुमाएका र घाइते रहेका यात्रुको नामावली सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार बसमा सवार ४३ जना यात्रु मध्य २७ जनाले ज्यान गुमाएका छन् । अन्य १६ जना घाइतेको उपचार भईरहेको छ ।

तनहुँको आँबुखैरेनी गाउँपालिका-२ स्थित ऐनापहरा नजिक बस दुर्घटनामा भएको हो । शुक्रबार पोखराबाट काठमाडौंका लागि हिडेको बस साढे ११ बजेको समयमा सो स्थानमा दुर्घटना भएको थियो ।

बस भदौ ४ गते बेलहिया नाकाबाट ८ दिनको रुट परमिट लिएर नेपाल भित्रिएको थियो । उनीहरु २ दिन पोखराको स्पोर्ट्स होटलमा बसेर काठमाडौं हिँडेको थिए । उनीहरू सवार यूपी ५३ एफटी ७६२३ नम्बरको बस शुक्रबार बिहान साढे ११ बजे मर्स्याङ्दी नदी किनारमा खसेको थियो ।

उक्त दुर्घटनामा परी ज्यान गुमाउनेहरुमा भारतको महाराष्ट्र प्रदेश जिल्ला जलगाँउ बस्ने अन्दाजी वर्ष १६ की चन्दना सुहास राणे रहेकी छिन । उनलाई पुरानो मेडिकल कलेज भरतपुर रिफर गरिएकोमा दिउसो ३:२६ बजे मृत घोषणा गरिएको थियो । उनको शव सोही अस्पतालमा रहेको छ ।

त्यस्तै मृत्यु हुनेमा महाराष्ट्र प्रदेश जिल्ला जलगाँउ बस्ने अन्दाजी वर्ष ६० को सुदाकर बडिराम जावडे, सोही स्थानका अन्दाजी वर्ष ५० को प्रकाश नाथ कोडी,अन्दाजी वर्ष ३५ की मिनल गणेश भारम्बे, बस चालक अन्दाजी वर्ष ६० को मुर्तीजा खान,अन्दाजी वर्ष ४५ की सुहास प्रभाकर राणे, अन्दाजी वर्ष ५१ की राहिनी सुधाकर जावडे, अन्दाजी वर्ष ४० को गणेश पाण्डुरम भारम्बे,अन्दाजी वर्ष ४३ की पलबी संन्दिप सरोदे,अन्दाजी वर्ष ५७ की निलीमा सुनिल धाण्डे, अन्दाजी वर्ष ४५ की अनिता अविनाश पाटिल, अन्दाजी वर्ष ५६ की भारती प्रकाश जावडे, अन्दाजी वर्ष ४५ की सरोज मनोज भिरुड, अन्दाजी वर्ष ३५ को सागर तडु जाउडे, अन्दाजी वर्ष ६० की सुल्भा पाण्डुराम भारण्डे, आशा समाधान बाबिस्कर, बिजया करुड जावडे, अन्दाजी वर्ष ५१ की सरला तुलसिराम ताईडे, बसका सहचालक रामजित, अन्दाजी वर्ष २५ को अनुप हेमराज सरोदे, अन्दाजी वर्ष ५० की निलिमा चन्द्रकान्त जावडे, अन्दाजी वर्ष ४२ की सरला सुहास राणे, अन्दाजी वर्ष ६ की परी गणेश भारम्बे,अन्दाजी वर्ष ४४ को पंकज भागवत भंगाडे, अन्दाजी वर्ष ५० को संदिप राजाराम सरोदे, मंगला बिलास राणे र अन्दाजी वर्ष ५५ को तुलसीराम बुधो ताईडे रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

यस्तै सोही दुर्घटनामा परी १६ जना घाइते भएका छन् । उनीहरुको काठमाडौ स्थित अस्पतालमा उपचार भईरहेको छ ।

घाइते हुनेमा भारतको महाराष्ट्र प्रदेश जलगाँउ जिल्ला बेडना घर भई बस्ने वर्ष ३२ कि वर्षा पंकज भंगाले, कोहिटिनगर बस्ने वर्ष ७३ को सुनिल जगन्नाथ घाण्डे, भुसवाल बस्ने वर्ष ५१ को अविनाश भागवत पाटिल,सोही स्थानको वर्ष ६३ कि आशा पाण्डुराम पाटिल, वर्ष ५२ कि भारती रबिन्द्र पाटिल, वर्ष ६० को ज्ञानेश्वर वाण्डे, वर्ष ४५ कि आशा ज्ञानेश्वर वाण्डे, वर्ष ५० कि रुपाली हेमराज सरोदे, वर्ष ४९ कि रेखा प्रकाश सुखाडे, वर्ष ४८ कि सारदा सुरेश पाटिल, वर्ष ५३ को प्रबिन पाण्डुरंग पाटिल, वर्ष५९ को अन्नत ओँकार ईँग्ले, वर्ष ४६ कि सिमा अनन्त ईंग्ले, झड जिल्ला घर भइ बस्ने वर्ष ५६ को हेमराज राजाराम सरोदे, जलगाँउ जिल्ला बस्ने वर्ष ६७ कि कुमुदिनी झाण्डे र वर्ष ४२ कि निलिमा भिरुड रहेका छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *