दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको बस दुर्घटनामा परी ज्यान गुमाउनेहरुको शव परीक्षण (पोष्टमार्टम) चितवनमा हुने भएको छ । पृथ्वीराजमार्ग अन्तर्गत

पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्गी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो । जसमा २६ जनाको आँबुखैरेनी र एक जनाको चितवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

मृतक र घाइते सबै भारतको महाराष्ट्र प्रदेशका रहेको प्रहरीले जनाएको छ । आँबुखैरेनी अस्पतालमा मृत्यु भएका २६ जनाको शव शुक्रबार राति नै चितवन पठाइएको तनहुँ प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनामा परेर १६ जना घाइते भएको र उनीहरुलाई शुक्रबार नै हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको थियो । उनीहरुको त्रिभुवन शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटना लगत्तै इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट प्रहरी निरीक्षक शिव थापाको नेतृत्वमा १० जना र जिल्ला प्रहरी कार्यालय तनहुँबाट प्रहरी उपरिक्षक वीरेन्द्रबहादुर शाहीको नेतृत्वमा ५१ जना, सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन गण कुरिनटारबाट प्रहरी नायब उपरीक्षक विजय हमालको नेतृत्वमा ३५, नेपाली सेनाको कालीभञ्जन गण (इ) बाट सेनाको टोली उद्धारमा जुटेको थियो ।

यो पनि :

यी हुन आँबुखैरेनीको ऐनापहरा बस दुर्घटनामा ज्यान गुमाउने २७ यात्रु र घाइते १६ जना (नामावली सहित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *