रोटरी क्लव अफ दमौलीद्वारा जलदेवि माविमा वृक्षारोपण

Byखवरबाटिका

८ भाद्र २०८१, शनिबार २२:३८ ८ भाद्र २०८१, शनिबार २२:३८ ८ भाद्र २०८१, शनिबार २२:३८

दमौली । रोटरी क्लव अफ दमौलीले शनिबार व्यास-१ स्थित जलदेवि माद्यामिक विद्यालय हाताभित्र वृक्षारोपण गरेको छ ।

क्लबको वार्षिक कार्यक्रम अनुसार विद्यालयमा १ सय २० भन्दा बढी विभिन्न प्रजातिका बहुउपयोगी विरुवाहरु रोपण गरिएको क्लबका अध्यक्ष जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

एभोकाडो, कपुर, अमला, आँप लगायत बहुगुणी विरुवाहरु रोपण गरिएको कार्यक्रम संयोजक देवराज अधिकारीले बताए ।

प्रकृतिलाई सुन्दर र हराभरा बनाइ वातावरणीय स्वच्छता प्रवर्द्धन गर्न क्लबले हरेक बर्ष नयाँ नयाँ ठाउँमा वृक्षारोपण गर्दै आएको अध्यक्ष श्रेष्ठले बताए ।वृक्षारोपणसँगै ती विरुवाको संरक्षणका लागि पनि क्लब उत्तिकै सचेत र जिम्मेवार रहेको उनको भनाइ छ।

कार्यक्रमको शुभारभ गर्दै व्यास नगरपालिकाका प्रमुख एवम् रोटरी क्लब अफ दमौलीका पूर्व अध्यक्ष बैकुण्ठ न्यौपानेले वृक्षरोपणसँगै संरक्षण पनि गर्नुपर्ने बताए । वातावरणीय प्रदुषण बढदै गइरहेको सम्बन्धमा वृक्षारोपणको झनै महत्त्व रहेको बताउदै रोपेको विरुवा संरक्षण गर्न सबैलाई अनुरोध समेत गरे ।

उक्त कार्यक्रममा क्लबका पूर्व अध्यक्षहरु तथा सदस्यहरुले रोपेको विरुवाहरुलाई संरक्षण सहित हुर्काउने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

उक्त कार्यक्रममा रोट्र¥याक्ट, इनरब्हिल र इनट्राक्टहरुको पनि सहयोग रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *