दमौली । न्यु भिजन युथ क्लबले जामुनेमा तीज गीत एवं नृत्य प्रतियोगिता गर्ने भएको छ ।

क्लबले भदौ २१ र २२ गते १२औँ खुल्लातीज गीत एवं नृत्य प्रतियोगिता गर्न लागेको क्लबका राजिव श्रेष्ठले जानकारी दिए ।

सो प्रतियोगिता म्याग्दे-२, जामुने स्थित राधा मा.वि.को प्राङ्गणमा हुनेछ ।

भदौ २२ गते शनिबार चर्चित गायिका भुमिका गिरीको पनि प्रस्तुति रहने आयोजकले जनाएको छ ।

विकृतिलाई तिरस्कार गरौं, संस्कृतिको जगेर्ना गरौं जामुने जाओ, तीज मनाऔ भन्ने नाराका साथ सो कार्यक्रम हरितालिका तीजको अवसरमा गर्न लागेको क्लबले जनाएको छ ।

खुल्ला तीज गीत एवं नृत्य प्रतियोगीताको गीत तर्फ टिम दर्ता शुल्क रु एक हजार रहेको छ ।

गीत तर्फ समुहमा १० जना भन्दा बढी हुन नपाईने अधिकतम समय १० मिनेट मात्र लिन पाइने आयोजकले जनाएको छ ।

गीत तर्फ प्रथम हुने समुहले नगद रु २० हजार २२२ र प्रमाणपत्र, द्वितिय हुनेले रु १३ हजार ३३३ र प्रमाणपत्र, तृतीय हुनेले रु ७ हजार ७७७ र प्रमाणपत्र र नृत्य पुरस्कार रु ६ हजार ६६६ र प्रमाणपत्र प्राप्त गर्नेछन ।

यस्तै नृत्य तर्फ प्रथम हुनेले रु ६ हजार ६६६ र प्रमाणपत्र र द्वितिय हुनेले रु ४ हजार ४४४ र प्रमाणपत्र, तृतीय हुनेले रु २ हजार २२२ र प्रमाणपत्र प्राप्त गर्नेछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *