डुम्रेमा लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान

Byखवरबाटिका

१३ भाद्र २०८१, बिहीबार २३:०१ १३ भाद्र २०८१, बिहीबार २३:०१ १३ भाद्र २०८१, बिहीबार २३:०१

डुम्रे । तनहुँको बन्दीपुर १ स्थित डुम्रेमा डेङ्गु रोग नियन्त्रणका लागि लामखुट्टेको लार्भा खोजौ र नष्ट गरौं अभियान सञ्चालन गरिएको छ।

बन्दिपुरमा डेङ्गु रोगको बिरामीहरू दिनदिनै बढ्दै गइरहेको पाइएपछि तनहुको बन्दीपुर गाउँपालिकाले डेङ्गु रोगको नियन्त्रण र रोकथामका लागी लामखुट्टेको लार्वा खोजौ र नष्ट गरौं अभियान सञ्चालन गरेको हो।

जस अन्तर्गत तनहुको व्यवसायिक केन्द्र डुम्रे बजारमा डेङ्गु रोग सम्बन्धी विभिन्न सचेतनामूलक कार्यक्रम तथा सरसफाई कार्यक्रम सम्पन्न भएको थियो।

बन्दीपुर वडा नं १ कार्यालयको आयोजनामा वडा नं १ का विभिन्न टोलमा येस्ता कार्यक्रमहरू सञ्चालन भइरहेका छन्।

डुम्रे टोल बिकास सस्थाको संयोजनमा भएको उक्त कार्यक्रममा तनहूँ उधोग वाणिज्य संघ डुम्रे बज़ार इकाई, क्षत्रिय होटल संघ डुम्रे बज़ार इकाई,डुम्रे सास्कृतिक एवं सामाजिक संरक्षण समिति,डूम्रे सास्कृतिक युवा क्लब, हरिहर महिला समूह, शिवालय आमा समूह, माछा मासू ब्याबसायी संघ डूम्रे, सुनचादी ब्याबसायी संघ डूम्रे, इलेक्ट्रॉनिक्स संघ डूम्रे,लायन्स क्लब अफ़ तनहूँ डूम्रे, सौदर्य ब्याबसायी संघ डूम्रे, झींगूँ नेवा पू:छ डूम्रे, शसस्त्र प्रहरी बल मनकामना गण भनु, प्रहरी चौकी डुम्रे लगाएत सामजिक तथा राजनैतीक दलका प्रमुख र प्रतिनिधिहरूको सक्रियतापुर्ण सहभागीता रहेको थियो।

कार्यक्रममा वडा नं १ का वडा अध्यक्ष शिव कुमार श्रेष्ठले यो अभियानमा हामी सबैको भएको हुँदा सबैजनाले घर घर देखि सरसफाइमा विशेष ध्यान दिनुपर्ने, रोग नियन्त्रणका उपाय, रोगको लक्षण र उपचारका बारेमा जानकारी दिंदै सक्रियता पुर्ण सहभागी भएका सम्पूर्ण संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरुलाई धन्यवाद ज्ञापन गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *